१२ वर्षपछि फ्रान्स फाइनलमा, १-० ले मात्रै वेल्जियम पराजित

46 Hits

काठमाडौं, २७ असार ।
वेल्जियमलाई १-० ले हराउँदै फ्रान्स १२ वर्षपछि विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग मात्रै एक गोलले पराजित हुन पुग्यो ।
फ्रान्सलाई जिताउन स्यामुअल उमटीटीले एकमात्र गोल खेलको ५१ औं मिनेटमा गरेका थिए ।
यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो । सन् २००६ को फाइनलमा भने इटलीसँग पराजित भएको थियो ।

बलमाथि वेल्जियमको नियन्त्रण बढी भए पनि एक गोल गरेर फ्रान्सले जित निकालेको थियो ।

अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
यस पटकको विश्वकपमा अपेक्षा गरिएजस्तो र अनुमान गरिएजस्तो कुनै पनि राष्टहरुले नतिजा नल्याएपछि समर्थकहरुमा फेरबदलको रोमाञ्चक अनुभुति गरिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*