ट्रेकिङ एजेन्सीहरुको लापरवाही कारण मानसरोबर गएका ८ जना तिर्थयात्रीको मृत्यु

31 Hits

नेपाल पर्यटकीय स्थानको भ्रमण गर्न बर्षेनी थुप्रै पर्यटक नेपाल आउने गर्दछन् । तर तिनै पर्यटकको नाममा खडा भएका टे«किङ एजेन्सीहरुले बदमासी गर्दा पर्यटकहरुले ज्याननै गुमाउनु पर्ने अवस्था आइदिन्छ । संगठन खडा गरेर पर्यटकीय गन्तब्यमा पर्यटक पुर्याउने देखी उनीहरुको यात्रा अवधि देखी गाइडको रुपमा तिनै टे«किङ एजेन्सीकै मनोमानी चल्ने गर्दछ । अहिले तिनै टे«किङ एजेन्सीकै बदमासीका कारण कैलाश मानसरोबारमा गएका ८ जना भारतीय पर्यटकहरुले ज्यान गुमाएको रहस्य बाहिर आएको छ ।
घटनाको बास्तविकता के हो ?
समुद्री सतह देखि ५ हजार ९ सय पचास मिटरको उचाइमारहेको चिनको मानसरोबर धार्मिक तिर्थयात्रा गर्नेहरुको अन्तीम केन्द्र मानिनेहुँदा गर्मीको समयमा तीर्थयात्रा गर्नेको संख्या उल्लेख्य हुने गरेको छ । तर केही ट्रेकिङ ब्यबसायीले सोही मौकाको फाईदा उठाउँदा भारतीय तिर्थ यात्रुको जान गएको रहस्य बाहिरीएको छ । बिगतमा ४ जना भारतीय पर्यटकका लागि एक जना शेर्पा क्रुयुको ब्यबस्था गर्ने गरिएकोमा यस पटक भने १० जना पर्यटकलाई जम्मा १ जान शेर्पाको ब्यवस्था गरिएको छ । बिशेष गरेर तिर्थ यात्रामा जाने तिर्थयात्रीहरुको खाना तथा अक्सीजनको ब्यावस्था गर्नका लागि ४ जना बराबर कम्तीमा १ जना शेर्पा चाहिनेमा सम्राट टुरका सि एन पाण्डे,रिचा टुरका साङे लामा,समि ट्रेकिङका तेन्जीङ लामा, र कैलाश ट्रेकका प्रकाश श्रेष्ठको सिण्डेकेटका कारण तिर्थयात्रीको ज्यान गएको देखिएको छ ।

उनिहरुले ट्रेकिङ रुटको बिभिन्न स्थानमा आ आफ्नै होटल खोलेका छन् । सोही होटलमा तिर्थ यात्रीलाई राख्ने ब्यवस्था गरिएको भन्दै शेर्पा सहयोगीहरुको संख्यामा कटौती गरेकाले तिर्थयात्रीले खान नपाएका कारण ज्यान गुमाउनु परेको स्रोतले बताएको छ । तर ट्रेकिङ ब्यबसायीहरु भने हाइ अल्टिच्युडमा लेक लाग्दा मृत्युहुने गरेको बताएर आफु चोखिने प्रयास गरेका छन् । बिगतका कुनै पनि सिजनमा यति धेरै तिर्थयात्रीको ज्यान गएको थिएन भने यसै बर्ष देखि शेर्पाहरुको संख्यामा कटौती गर्नुले तिर्थ यात्रीको ज्यान गएको नाम उल्लेख नगर्ने शर्तमा एक पर्यटन व्यावसायीले बताए । यदी यसरी पर्यटकहरुको सुरक्षा र उनीहरुको सुविधाका लागी खोलिएका ट्रेकिङ एजेन्सी लापरवाही ढंगले प्रस्तुत हुने हो भने नेपालको पर्यटन क्षेत्रको भविष्य के होला ? कैलाश मानसरोवर गएका ८ जना तिर्थ यात्रुको निधन हुनुमा टे«किङ ब्यबसायी दोषी देखिनुले पक्कै पनि राम्रो संकेत गर्दैन । तर यस बारेमा नेपाल स्थित भारतीय दुताबासमा सम्पर्क यस बिषयका जानकार प्रथम सचिव रोशन लेप्चा बिदामा भएकोले अन्यलाई जानकारी नभएको भन्दै उनिसँगै कुरा गर्न भनियो । ति अधिकारीले आफुहरुले पनि सोसल साइट कै माध्यमबाट आफ्ना नागरिकको ज्यान गएको बिषयमा जानकारी पाएको र त्यस बिषयमा आफुहरुलार्इ थप जानकारी नभएको बताए ।

त्यसैगरि नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभलका अध्यक्ष एवं सम्राट टे«कका प्रमुख सि एन पाण्डेसँग सम्पर्क गर्दा आठै जनाको हाइअल्टिच्युड कै कारण ज्यान गएको बताए । उनले भने यो तत्कालको मात्रै घटना नभइ सिजन भरीकै समस्या भएको बताउँदै १० हजार तिर्थ यात्रीमा ८ जनाको मात्रै ज्यान जानुले यो सामान्य भएको उनको भनाई थियो । समि ट्रेकिङका सञ्चालक तेन्जीङ लामाले भने खानाको ब्यवस्थापनमा समस्या भएको स्विकार्दै आठ जनाको ज्यान जानुमा खाने कुराको ब्यबस्थापन पनि मुख्य कारण भएको उनको भनाई छ । शेर्पा सहयोगीहरुको दैनिक शुल्क महंगो भएकाले उनिहरुको संख्या कटौती गरिएको बताउँदै उनले तिर्थयात्रीको सुबिधाका लागि नै सहयोगीको संख्या घटाउनु परेको बताए । तपाईहरुले ट्रेकिङ रुटमा तपाईहरु सिमीत ब्यक्तिले खोलेको होटललाई आर्थिक लाभ दिलाउनका लागि शेर्पा सहयोगी कटौती गरिएको रहेछ नी भन्ने जिज्ञासामा लामा मौन हुनुले सिमीत ब्यक्तिहरुको सिण्डीकेटमा तिर्थयात्री माथि मनपरी भैरहेको देखिएको छ । क्षणिक आर्थिक लाभका लागि बिभिन्न स्थानमा भैरहेको यस्ता गतिबिधिलाई नियन्त्रण नलिने हो भने अन्र्तराष्ट्रिय स्तरमा नेपालको बद्नाम मात्रै हुने छ । तसर्थ कैलाशमान सरोबर क्षेत्रमा बर्षेनी हुने मानविय क्षती रोक्न पर्यटन बोर्ड र पर्यटन मन्त्रालयले तत्काल कदम चाल्न जरुरी छ । sherpakhabar

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी