संघ र प्रदेशको बेवास्ताको शिकार स्थानीय तह !

38 Hits


मूलखबर,२६ असार । संघ, प्रदेशले समन्वय नगर्दा स्थानीय तह सञ्चालनमा निकै कठिनाइ रहेको पाइएको छ । अधिकार क्षेत्र नै स्पस्ट नहुदा ओखलढुंगा जिल्लामा पनि स्थानीय तह संचालनमा गाह्रो भईरहेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् ।

संघ, प्रदेश र स्थानीय तहबीच परस्पर समन्वय, सहअस्तित्व र सहकारिता रहने भनेर संविधानमा उल्लेख गरिए पनि व्यवहारमा त्यस्तो नभएको जनप्रतिनिधिको अनुभव रहेको छ । विशेषतः ऐन, कानुन निर्माण, कर्मचारी समायोजन र अनुदान वितरणमा खासै समन्वय नभएको उनीहरुको गुनासो छ । देशभरका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखले यस्तो गुनासो गर्दै आएको सन्दर्भमा सोमबार भएको ललितपुर महानगरपालिकाको दोस्रो नगरसभा पनि यस्तै गुनासो संघ र प्रदेशका सभा सदस्यलाई सुनाइएको थियो ।

स्थानीय सरकारले कानून बनाउँदा संघीय र प्रदेश कानुनसँग नबाझिने गरी बनाउनुपर्ने संवैधानिक प्रावधान रहेको छ । तर पनि अझै पनि पर्याप्त कानुन नबन्दा समस्या परेको हो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*