प्रदेशको नाम र राजधानीमा विवाद कहिले सम्म ?

30 Hits

मूलखबर,२६ असार ।

चुनाब पछि गठन भएका संघीय सरकारले अहिलेसम्म प्रदेश ६ र प्रदेश ४ ले मात्र नाम र राजधानी टुंगो लगाएको छ । प्रदेशनम्बर एकमा प्रदेश  सभाको बैठक बस्न थालेको पाँच महिना बितिसक्दा पनि प्रदेशको नाम र राजधानीको विषयमा छलफल हुन सकेको छैन । नाम र राजधानीका विषयमा सांसदहरू पनि विभाजित छन् ।

प्रदेश २मा सत्तारुढ संघीय फोरम र राजपा प्रदेशको नाम ‘मधेस’ राख्नुपर्ने पक्षमा छन् । तर, कांग्रेस र नेकपा त्यसमा सहमत छैनन् । कांग्रेसले प्रदेशको नाम ‘मिथिला’ उत्तम हुने बताउँदै आएको छ । नेकपाले ‘जानकी’, ‘मिथिला’ वा ‘मिथिला–भोजपुरा’ बनाउन सकिने बताउँदै आएको छ । त्यस्तै, राजधानी जनकपुर वा वीरगन्ज बनाउने भन्नेमा विवाद छ । तर, प्रदेश सभामा यी दुवै विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन । प्रदेश नम्बर तिनमा नामभन्दा पनि राजधानी कहाँ राख्ने भन्ने विवाद चर्को छ । अहिलेको अस्थायी राजधानी हेटौँडा अपायक भएको भन्दै नुवाकोट, काभ्रे, भक्तपुर र चितवनका सांसदले प्रदेश सभामा प्रस्ताव नै दर्ता गराएका छन् ।

यसैगरी प्रदेश ५  क सांसदहरूले प्रदेशको नाम र राजधानी तोक्न प्रदेश सभामा पटकपटक माग गरेका छन् । तर, यसबारे औपचारिक छलफल हुन सकेको छैन । नामभन्दा पनि राजधानी कहाँ राख्ने भन्ने विषय पेचिलो छ । प्रदेश ७ का सांसदहरूले पटकपटक माग गर्दा पनि प्रदेशको नाम र राजधानीका विषयमा सभामा छलफल हुन सकेको छैन । नाममै विवाद भईरहदा जनताहरु भने नेताहरुको यो क्रियाकलापले देशलाई धेरै पछि धकल्ने निश्चित भएको भन्दै आएका छन् ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी