दुर्घटनामा ३ जनाको मृत्यु

27 Hits

मूलखबर,२६ असार ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले सडकखण्डमा मोटरसाइकलको ठक्करबाट  १९ वर्षीय महमद सहनीको मृत्यु भएको छ ।  राति पैदल हिँडिरहेका उनलाई पश्चिमबाट पूर्व आउँदै गरेको मे ५ प ६८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
यसैबीच बाह्रदशी गाउँपालिका-६ निवासी ४० वर्षीय सेन्कुवा राजवंशीले चलाएको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको छ । बिर्तामोडबाट घर जाँदै गरेका राजवंशीले चलाएको को २९ प ४४६९ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते भएका राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए । यसैगरी दमकस्थित जनज्योति निमाविको ढोका भत्किँदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार विद्यालयको परिसरमा खेल्दै गरेका इलाम, चुलाचली गाउँपालिका–३ निवासी १० वर्षीय रिजन लिम्बूको ढोकाले थिचेर मृत्यु भएको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी