विश्वकप सेमिफाइनल खेल आज, फ्रान्स र बेल्जियमबीच भिड्दै

23 Hits

मूलखबर,२६ असार । विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल मंगलबार (आज) बाट शुरु हुँदैछ । पहिलो खेलमा फ्रान्स र बेल्जियम आमने सामने हुनेछन् । यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे शुरु हुने छ ।

फ्रान्स र बेल्जियम तेस्रो वर्षपछि प्रतिस्पर्धामा उत्रिन लागेका हुन् । सन् २०१५ को स्टेड डी फ्रान्समा भएको खेलमा बेल्जियम ४–३ ले विजयी भएको थियो । फ्रान्स २००६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसैगरी बेल्जियम १९८६ पछि पहिलो पटक सेमिफाइनलमा पुग्न सफल भएको हो ।
बेल्जियम र फ्रान्सबीच पहिलो प्रतिस्पर्धा मे १९०४ मा ब्रसेल्समा भएको थियो । यो प्रतिस्पर्धा ड्र भएको थियो । त्यसबेलादेखि अहिलेसम्म अन्तराष्ट्रियस्तरमा दुवै टिम ७३ पटक प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसमध्ये बेल्जियम ३० पटक र फ्रान्स २४ पटक विजयी भएका छन् । १९ खेल भने बराबरी भएको थियो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*