कर्मचारीको अवकाश ६० मा, पेन्सन पनि ६० मै !

37 Hits

मूलखबर,२५ असार ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहमतिका लागि पठाएको मस्यौदामा अर्थ मन्त्रालयले अनिवार्य अवकाशको उमेर २ वर्ष थप्न प्रस्ताव गरेको छ । उसैको प्रस्ताव बमोजिम सामान्यले अवकाश पाउने उमेर ६० बनाउने तयारी गरेको हो । यसअघि उसले अनिवार्य अवकाश पाउने उमेर ५८ वर्ष राखेको थियो ।

यस्तै निजामति कर्मचारीलाई ६० वर्ष पुगेपछि मात्रै पेन्सन सुविधा पाउने प्रस्ताव गर्न पनि अर्थ मन्त्रालयले सुझाव दिएको छ । कर्मचारीको सुविधा कटौतीको प्रस्ताव गर्दै अर्थले पेन्सन ६० वर्ष पुगे पछि मात्रै दिने प्रावधान राख्न सुझाएको हो ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*