गण्डकी बन्दले जनजीवन प्रभावित

67 Hits

मूलखबर,२५ असार ।

गण्डकी प्रदेशको नाम तमुवान मगरात राख्नुपर्ने माग राख्दै तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गरेको गण्डकी बन्दले सोमबार बिहानैदेखि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।

बन्दका कारण गण्डकी प्रदेशका ११ जिल्लामा सार्वजनिक गाडी चलेका छैनन्। पोखराबाट धौरागिरी बाग्लुङ, मुस्ताङ, पर्वत म्यादी तनहुँ, स्याङजा, लमजुङ, गोरखा र कास्कीकै ग्रामीण भेगका लागि छुट्ने सार्वजनिक गाडी नचल्दा यात्रु मर्कामा परेका छन्। बिहानैदेखि सार्वजनिक सवारीसाधन नचल्दा विभिन्न ठाउँमा आवतजावत गर्नुपर्ने यात्रु मर्कामा परेका छन्। यसैगरी बजार तथा शैक्षिक संस्था पनि बन्द भएका छन्। पोखरामा बिहानैदेखि पानी परे पनि बन्दकर्ता बजारका विभिन्न चोकमा बसेका छन्। बन्द अहिलेसम्म शान्तिपूर्ण नै रहेको कास्की प्रहरीले जनाएको छ। प्रदेशसभा बैठकले साविक प्रदेश नं ४ को नाम गण्डकी राख्ने प्रस्तावलाई गत शुक्रबार दुई तिहाई बहुमतले पारित गरेको थियो।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी