जापानमा बाढी पहिरो: १०० को मृत्यु, ५० बढी वेपत्ता (अपडेट)

325 Hits

एजेन्सी/टोकियो ।

जापानमा बाढी र पहिरोमा परेर जापानमा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् ।। जापानको पश्चिमी इलाकामा आएको भीषण वर्षापछिको बाढीपहिरोले ठूलो मानवीय क्षति गरेको हो ।

आइतबार दिनभर मध्य तथा पश्चिमी जापानमा भीषण वर्षा जारी रहेको थियो । बिहीबारदेखि जापानमा भीषण वर्षा जारी रहँदा सयौं घरमा क्षति पुगेको जनाइएको छ ।

यो वर्षाका कारण सबैभन्दा बढी हिरोसिमा क्षेत्रमा क्षति पुगेको छ । करिब १५ लाख मानिसलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । जापान टाइम्सका अनुसार सो वर्षाका कारण करिब ४३ लाख मानिस प्रभावित भएका छन् ।

बेपत्ताको खोजी तथा उद्धारका लागि हजारौंको संख्यामा प्रहरी कर्मचारी, अग्निनियन्त्रक कर्मचारी र सैनिक परिचालन गरिएको छ । भूस्खलनका कारण केही सर्वसाधारण पुरिएको जापानको सरकारी समाचार एजेन्सी क्योदोले जनाएको छ ।

जापानको मौसम विभागले राजधानी टोकियोदेखि करिब ६ सय किलोमिटर टाढा रहेको मोटोयामा सहरमा शुक्रबार बिहानैदेखि शनिबारसम्ममा ५८३ मिलिमिटर पानी परेको जनाएको छ । आगामी दिनमा थप वर्षा हुन सक्ने विभागले जनाएको छ । हिरोसिमादेखि ३ सय किलोमिटर पूर्वमा रहेको क्योटोमा मुसलधारे वर्षा जारी छ ।

बाढीपहिरोले यामागुची, क्योटो, गिफु, सिगा, ओसाका, ह्योगो, कोची, फुकुओका क्षेत्र प्रभावित भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले वर्षा र बाढीबाट भएको क्षति न्यूनीकरण गर्न तथा खोजी र उद्धारकार्य कुशलतापूर्वक सञ्चालन गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

Loading...

Related News

फ्लोरिडा र आसपासका क्षेत्रमा माइकल आँधी आउने सम्भावना

बीबीसी- काठमाडौ, २४ असोज – अमेरिकाको फ्लोरिडा र आसपासका क्षेत्रमा बुधवार माइकल आँधी आउने भयबीच दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ…

लमजुङबाट सिकाैं : २४ घण्टा भित्र उद्धार, ९६ घण्टा भित्रै राहत

लमजुङ, ३० भदौ – लमजुङ जिल्लामा गत भाद्र २७ गते आएको बाढी, पहिरोबाट प्रभावित परिवारलाइ विपद गएको ४ दिन भित्रै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी