पुनर्निर्माण प्राधिकरणका सीईओ भुसाल पदमुक्त, काे हाेला अब ?

55 Hits

काठमाडौं, २४ असार

सरकारले गत भदाै १४ गते पछी गरिएका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेपछी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुषाल आइतबारबाट पदमुक्त भएका छन् ।

मन्त्रिपरिषद्ले १४ भदौ ०७४ पछि गरिएका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेअनुसार उनी पदमुक्त भएका हुन् । आइतबार दिउँसो १ बजे एक कार्यक्रम गरेर सीर्इओ भुसाललाई बिदाइ गर्न लागेको प्राधिकरणले जनाएकाे छ ।

प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराए पनि पत्र ढिला गरी प्राप्त भएको बताउँदै उनी आइतबारबाट मात्रै औपचारिक रूपमा बिदा भएका हुन् । नेपाली कांग्रेस निकट भुसाल ६ कात्तिक ०७४ मा प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।

तीन वर्षयता प्राधिकरणको नेतृत्व चार पटक फेरिएको छ । अब पाँचौं सीईओ नियुक्तिको तयारीमा सरकार लागेको छ । काे हाेला अबकाे सिइअाे ?

Loading...

Related News

संसदमा विशेष समय लिएर बोल्दै पम्फा भुसालले के भनिन् ?

काठमाडौं, ३१ बैसाख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपश्चात उक्त भ्रमणलाई लिएर सामाजिक सञ्जालदेखि संसदसम्म टिका टिप्पणी र प्रतिक्रिया दिने…

माओवादीले फेर्यो प्रदेश इन्चार्ज, को-कोले पाए नयाँ जिम्मेवारी ?

काठमाडौं, १० चैत । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु परिवर्तन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयको आज सम्पन्न बैठकले प्रदेश…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी