प्रचण्डले गरे राजनीतिक परिस्थितिबारे रिपोर्टिङ

45 Hits

मूलखबर,२२ असार ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान समसामयिक राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गरेका छन् । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको रिपोर्टिङका साथै पार्टीको नियमावलीबारे छलफल भएको जानकारी दिए । श्रेष्ठका अनुसार राजनीतिक स्थितिको थप समीक्षाा र तीनै तहका सरकारको कामकारबाहीबारे छलफल गर्न स्थायी कमिटीको अर्को बैठक बस्ने भएको छ । “संघ, प्रदेश र स्थानीय सरकारका कामकारबाहीको समीक्षा गर्न र अझ प्रभावकारी बनाउन स्थायी कमिटीको छुट्टै बैठक बस्नेछ,” उनले भने ।

बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे स्थायी समितिका सबै सदस्यले सुझाव दिएका थिए । सबै सुझावलाई ध्यानमा राखेर सचिवालयले त्यसलाई अन्तिम रुप दिने श्रेष्ठले बताए । पार्टी कमिटिको संख्या, पदाधिकारी, कसरी सबैलाई समावेश गर्ने भन्नेबारेमा सुझावहरु प्राप्त भएको उनले जानकारी दिए ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*