सार्वजनिक स्थानहरुमा बोल्दा सजग भएर बोल्नु -प्रधानमन्त्री

101 Hits

मूलखबर,२२ असार।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै अधिकांश नेताहरुले सरकारमा मन्त्रीहरुबीच नै तालमेल नभएको र कार्यशैली प्रभावकारी नभएको भन्दै आलोचना गरेका छन् ।

बैठकलार्इ सम्बोधन गर्दै  नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारलार्इ स-साना विषयमा पनि चौतर्फी आक्रमण भइरहेकोले प्रतिवाद गर्न निर्देशन दिएका छन्। उनले सार्वजनिक स्थानहरुमा बोल्दा सजग भएर बोल्नसमेत आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए।
स्थायी समिति बैठकले पार्टीको नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई  दिने निर्णय गरेको छ। पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलले पेश गरेको मस्यौदा नियमावलीलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका थिए।

बैठकले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पुनः स्थायी समिति बैठक बोलाउने निर्णय पनि गरेको छ। बैठकमा नेताहरुले पार्टी जनवर्गीय संगठनहरुको एकीकरण अभियानलाई सम्पन्न गर्न ढिलाई गर्न नहुनेमा पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी