सफल ढुंगेलहरु / एकै परिवारका चार संगीत यात्री (फोटो कथा)

378 Hits

मूलखबर।

ओखलढुंगा लिखु गाउँपालिकाको पोकली / सुन्दर पोकली झरना रहेको स्थान। त्यहि जन्म भएको हो बरिष्ठ लोक गाएक नबिन ढुंगेलको । ‘काचो कटर हो निरजाले मै जान्छु राङ्गखोला रोक मोटर’- रेडियो नेपालमा यो लोक गाएर नेपालि लोक संगीतको दुनियामा प्रवेश गर्नु भएका बरिस्ठ लोक गाएक नबिन ढुंगेलको राङ्गखोला जान रोकेको मोटर अझै चल्दै छ।

–नबिन ढुंगेल र नब ढुंगेल  मह जोडी संग

अझै पनि गायनमा सक्रिय ढुंगेलले पछिल्लो समय गाएको अकबरी सुन, धेरैको मन-मनमा बस्न सफल भएको छ। माछी मारन,डोरीका तिन फुदा,मन पर्ने एउटा साली छ,हिउंचुलिको हिउँको पानि,साईकल सरर, लगाएतका सफल गीतका गायक नबिन ढुंगेलको दुई छोरा र एक भतिज नेपालि संगीत आकाशमा चिनिएका नाम हुन्।
१-नबिन ढुंगेल – जन्म (२०१६-०४-०७)
२-अभय ढुंगेल
३-राजु ढुंगेल
४-नब ढुंगेल

–अभय ढुंगेल र राजु ढुंगेल

गायक साथै लोक गित संकलक अभय ढुंगेल देशको भूगोल छोडेर अहिले अमेरिका गएका छन् तर उनले देश छोडेका छैनन्। आजको बिश्व सानो भएको छ। जहाँ बसेर पनि रास्ट्रको लागि योगदान गर्न सकिन्छ । देशको लागि योगदान गर्न कुनै भुगोल भित्र कैद हुनुपर्छ भन्ने मान्यता अब तोडिएको छ। यो उनले दर्शाएका छन् । अमेरिका बसेर नै लोक गित लगाएत अन्य सिर्जनामा तल्लिन अभय, नेपालि माटो र भावनालाई मुटुमा राखेको बताउछन।’अकबरी सुनलाई के लाउनु र कसी’- यो चर्चित लोक भाका अभयले अमेरिकामा नै सृजना गरेका हुन् ।
यता उनकै भाई लोक गायक राजु ढुंगेल पनि अमेरिका नै बस्छन। उनि भन्छन ‘हामि भूगोल छोडेर बाध्यताले परदेश त आएका छौ तर देश छोडेका छैनौ’ । मन नेपालमै छ।

–नबिन ढुंगेल र राजु ढुंगेल

लोक गाएक नबिन ढुंगेल,अभय ढुंगेल,राजु ढुंगेल सबै नेपालीले सुनेको नाम। पछिल्लो समय नबिन ढुंगेल र राजु ढुंगेलको स्वरमा रहेको अकबरी सुनले देशमै उत्क्रिष्ट्ता हासिल गर्यो । अभय ढुंगेल संकलित यो गित अहिले नेपालि संचार माध्यममा धेरै सुन्न पाईन्छ । उता मन पर्ने एउटा साली छ भन्ने दोहोरि गित त झन् अझै पनि खालि समयमा गाउने विभिन्न ठाउको मुख्य दोहोरि भाका नै बनेको छ ।अझ अभय ढुंगेल संकलित सुपारी जाईको माला भन्ने लोक गित सबै नेपालीको ऒठमा झुण्डिएको छ। अभय ढुंगेल,लिला बिरही श्रेष्ठ र राजु ढुंगेलको आवाजमा रहेको सुपारी जाईको माला त नेपालकै चर्चित गित मध्ये एक पर्छ। यता अभय ढुंगेल,लिला बिरही श्रेष्ठ र राजु ढुंगेलको आवाजमा रहेको घर हाम्रो पूर्वतिर हो भन्ने पुर्बेली लोक गित हरेक पुर्बेली हरुको घर-घरमा घन्किने गर्छ।

–अभय ढुंगेल

लोक गायक नबिन ढुंगेलका अर्का छोरा नब ढुंगेल संचारकर्मी हुन् । कला पत्रकारिता संगै नेपालि म्युजिक भिडीयो निर्देशकको रुपमा अहिले उनि कलाकारिता क्षेत्रमा चर्चित छन् । आर्टिस्ट नेपाल नामक कम्पनि मार्फत उनि अहिले विभिन्न काम गरिरहेका छन्। अब केहि समयमा नै चलचित्र निर्देशकको रुपमा देख्न पाईने नब ढुंगेलले सानो उमेरमा नै उत्क्रिष्ठता हासिल गरिसकेका छन् ।

–नबिन ढुंगेल र -राजु ढुंगेल

 

अझै पनि नेपालि संगीतले नबिन ढुंगेल,अभय ढुंगेल,राजु ढुंगेल,नब ढुंगेलबाट धेरै आशा गरेको छ । स्वादिला लोक भाकाहरुका सर्जक,संकलक,गायक अभय ढुंगेलले संकलन गरेका लोक भाकाहरु, सुन्ने रहर,छमछमी नाच्ने रहर अझै पनि लोक पारखीहरुलाई छ। नबिन ढुंगेल र राजु ढुंगेलका आवाजहरु,सुन्ने रहर अझै पनि लोक पारखीहरुलाई छ। कला सिर्जनाको उच्च तहमा पुग्नुहोस शुभकामना ।

–अभय ढुंगेल

–अभय ढुंगेल

–नब ढुंगेल

–नबिन ढुंगेल र -राजु ढुंगेल

–नबिन ढुंगेल

–नब ढुंगेल

–अभय ढुंगेल

–राजु ढुंगेल

–नब ढुंगेल

–राजु ढुंगेल

–राजु ढुंगेल

–अभय ढुंगेल

–नबिन ढुंगेल

–नब ढुंगेल

–अभय ढुंगेल

–राजु ढुंगेल

—-तस्बिर- संकलन / मूलखबर

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी