मान्छे बचाउने गोही, जसको सम्बन्ध परिवारका सदस्य जस्तै

130 Hits

गोही एक शक्तिशाली र खतरनाक जनावर हो । हामीले सुन्ने तथा टेलिभिजनहरुमा देख्ने गरेको गोहीले मानिस तथा अन्य जनावरलाई आक्रमण गरी सिकार बनाइरहेको हुन्छ । तर, अफ्रिकामा यस्तो गाउँ छ । जहाँका मानिसका लागि गोही सहयोगी बनेको छ भने स्थानीयबासीले गोहीलाई परिवारकै सदस्यका रुपमा राखेका छन् ।

यो हिजोआजको मात्रै सम्बन्ध होइन ६ सय वर्ष अघि स्थापित सम्बन्ध अझै कायम छ । गोहीको आँसु देखेर दुःखी नहुनु किनकी आँसु देखाउने गोहीले नै आक्रमण गर्छ भन्ने पूरानो युक्तिलाई पनि गलत सावित गर्दै पश्चिम अफ्रिकाको बुर्किना फासोका स्थानीयबासीले गोहीसँग मित्रवत साइनो गाँसेको ६ सय वर्ष नाघेको छ ।

त्यहाँका गोहीहरु मान्छेसँग खुल्ला रुपमा हिँड्नुका साथै सँगै पोखरीमा पौडी खेल्ने पनि गर्दछन् । यसरी मान्छेसँग रत्तिएर बस्ने गोहीको संख्या एक सय बढी छ ।

मान्छेलाई जीवन दिने गोही

१४ औं शताब्दि अगाडी ‘बाजउले’ नाम गरेको वस्तीमा खडेरी पर्‍यो । जसका कारण धेरै मानिसले ज्यान गुमाए । तर, पानी नपाएर ज्यान गुमाउन लागेकी एक महिलालाई गोहीको समूहले एक पोखरीमा पुर्‍यायो र जीवन दियो ।

जुन पोखरीका विषयमा स्थानीयबासी बेखबर थिए । अहिले त्यो गाउँको खानेपानीको मुख्य स्रोत नै त्यही पोखरी हो । त्यहाँको पानी अहिलेसम्म सुकेको छैन ।
गोहीले मानिसलाई बचाउनुका साथै गाउँलेलाई पोखरी देखाइदिएको खुसियालीमा गोही गाउँलेको अभिन्न मित्र बनेका छन् ।

स्थानीयबासी गोहीसँग खेल्नुका साथै उनीहरुको रेखदेख र खानाको व्यवस्था गर्दै आएका छन् ।

गोही नै पूर्वज 

बुर्किना फासो र अफ्रिकाको घानाको सीमामा ‘पागा’ नाम गरेको बस्तीका मानिसले गोहीलाई आफ्नो पूर्वज मान्ने गरेका छन् । पितृका रुपमा गोहीलाई स्थानीयले अदर गर्नुका साथै सँगै बस्ने र खाने गरेका छन् । त्यहाँका धेरै गोहीको उमेर ८० वर्ष माथि छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी