काभ्रेमा फुपूद्वारा भदैको हत्या
मूलखबर। २१ असार।
यौनसम्पर्कको घटना लुकाउन काभ्रेमा एक युवतीले आफ्नै भदैको हत्या गरेकाे खुलेकाे छ । तेमाल गाउँपालिका–१, की एलिसा तामाङको बुधबार राति आफ्नै फुपूको संलग्नतामा हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेले नजिकैको बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा एलिसाको शव फेला परेको जनाएको छ ।
प्रहरीका अनुसार तेमालमा ज्यामी काम गर्दै आएका २३ वर्षीय जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षीया मिना तामाङलार्इ एलिसाले बाख्राकाे खाेरमा अापत्तिजनक अवस्थामा भेटेकी थिइन् । पोल खुल्ने डरले लगत्तै दुई मिलेर बालिकाकाे हत्या गरेकाे प्रहरी भनाइ छ ।