यसरी बन्दैछ सूर्यविनायक–धुलिखेल सुपर हाइवे

29 Hits

२१ असार।

सूर्यविनायक–धुलिखेल सडकखण्डलाई सरकारले द्रुतमार्गको रूपमा विकास गर्ने भएको छ । राजधानी साँघुरो हुँदै गएको र आवादी समेत बढ्दै गएको तथ्यलाई हेरेर सरकारले सो सडक खण्डलाई डेडिकेडेट सुपर हाइवेको रुपमा विकास गर्ने लक्ष्य राखेको छ । सोही सडक खण्डको समानान्तर रुपमा मेट्रो रेल समेत चलाउने लक्ष्यका साथ पहिलो चरणमा सुपर हाइवे निर्माण गर्न लागिएको हो ।

सरकारले नागढुंगादेखि धुलीखेलसम्म मेट्रो रेल सञ्चालन गर्ने तयारी समेत गरिरहेको छ । सोही योजनालाई मध्यनजर राख्दै सडक खण्डलाई पनि अन्तर्राष्ट्रिय मापदण्डको हुने गरी ६ लेनमा विकास गर्न लागेको हो ।

सडक स्तरोन्नति तथा विस्तार कार्यको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) समेत अन्तिम चरणमा पुगेको छ । उक्त सडकखण्डको ईआईएको काम अगाडि बढीरहेको भक्तपुर नगर उपप्रमुख रजनी जोशीले जानकारी दिइन ।

सडक विस्तार र स्तरोन्नतिका क्रममा ढल निकास र खानेपानीको पाइपलाइन व्यवस्थित गर्ने काम समेत जारी रहेको छ । सडक विस्तारबारे सुझाव संकलनसमेत भइरहेको छ । भक्तपुर नगरलाई पैदलमैत्री नगर बनाउने तथा साइकल लेनसहितको पदमार्ग बनाउने योजना अगाडि बढाइको छ ।

सडक विस्तार गर्न सडक मापदण्डको संरचना र पुराना घरको मुआब्जाको समस्या आएको छ । सरकारले ऋण सहयोगमा विस्तार गर्न लागेको उक्त सडक १४.९१ किलोमिटर लामो छ । साँगामा १.३ किलोमिटर सुरुङ मार्ग निर्माण हुनेछ ।

सडक तत्काल चार लेनको र साइडमा दुई लेन निर्माण हुने छ । साँगामा सुरुङ निर्माणका साथै पुल, कलभर्ट, चौबाटोको सुधार, भिरालो सतहलाई स्थिर राख्न रिटेनिङ पर्खाल, बटुवाका लागि आकाशे पुल तथा केही स्थानमा थप जग्गा अधिग्रहण गर्नुपर्ने सडक विभागको भनाइ छ ।

विस्तारका क्रममा वायु तथा ध्वनी प्रदूषण कम गर्ने आधुनिक उपकरणको प्रयोग गर्ने, नियमित पानी छर्किने, सुरुङ निर्माणस्थलबाट निस्कने धमिलो पानी प्रशोधन गरेरमात्र निष्काशन गरिने र खोलाको पानीको गुणस्तर नियमितरूपले मापन गर्ने योजना समेत अगाडि सारिएको छ ।

यस्तै भूमिगत पानीको सतह र प्राकृतिक पानीको मूल घट्न सक्ने भएकाले सुरुङ निर्माण गर्नुभन्दा पहिले ग्राउन्ड ट्रिटमेण्ट गर्ने समेत लक्ष्य राखिएको छ । सुरुङ उत्खनन्पछि कङ्क्रिट लाइनिङ तथा सिलिङ गरिने, कृषियोग्य माटो संकलन गरी पुनः प्रयोगमा ल्याउने प्रस्ताव गरिएको छ ।

यसैगरी सूर्यमोड सामुदायिक वनको सडक छेउको करिब १० रोपनी क्षेत्र आयोजनाले प्रयोग गर्ने, सूर्यमोड सामुदायिक वनका १६३ वटा रुख सो क्षेत्रबाट काट्नुपर्ने र सडक क्षेत्रका ७१९ रुख कट्नुपर्ने देखिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी