मलेसिया १ हजार २ सय पक्राउ, १५० नेपाली स्वदेश फर्काइने

32 Hits

मूलखबर। २१ असार।

नेपालले मलेसियासँग कामदारका लागि सेवा–सुविधासहितको श्रम सम्झौताका लागि पहल गरिरहेका बेला त्यहाँ अवैधानिक कामदारविरुद्ध कारवाही तीब्र पारेकाे छ।

मलेसिया सरकारले अवैध आप्रवासी लक्षित गरेर सञ्चालन गरेको अप्रेशन ‘मेगा थ्री जिरो’ मा पक्राउ पर्ने नेपालीको संख्या भने यकिन हुन सकेको छैन। मलेसिया अध्यागमन विभागले  १ हजार २ सय २४ जना आप्रबासी कामदारलाई नियन्त्रणमा लिएको जनाएकाे छ। ती मध्ये कति जना नेपाली पक्राउ परे अाधिकारिक रूपमा खुलाइएकाे छैन।

ताेकिएकाे कम्पनी छाडेका र भिषा सकिएका कामदारलाई दूतावासले सम्पर्कमा अाउन अाग्रह गरेकाे छ। घर फर्कने प्रतिक्षामा रहेका १५० जना नेपालीहरुलाई उनीहरुका परिवार र आफन्तको सम्पर्कमा ल्याउने र मलेसिया सरकारसँग आवश्यक प्रक्रियाका लागि छलफल गरिरहेकाे दूतावासले जनाएकाे छ। मलेसियामा करिब ५ लाख नेपालीहरू वैधानिक रूपमा कार्यरत छन्। हजारौँ अवैधानिक अवस्थामा रहेको हुनसक्ने अनुमान छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*