देउवा सरकारले भदाै १४ पछि गरेका राजनीतिक नियुक्ति खारेज, काे काे पर्लान् ?

125 Hits

काठमाडौं, २१ असार।

शेरबहादुर देउवा सरकारले गत भदौ १४ गतेदेखि फागुन २ सम्म गरेका सबै राजनीतिक नियुक्तिका निर्णय सरकारले खारेज गरेको छ।

सरकारले निर्वाचन आचार संहिता लागू भएपछि देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको हाे ।

बुधबारकाे मन्त्रिपरिषद् बैठकले भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरु बदर गर्ने निर्णय गरेको जानकारी दिँदै बैठकपछि सरकारका प्रवक्ता एवम् सन्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले भने, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिलसिलामा निर्वाचन आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गते यता नेपाल सरकारका बिभिन्न मन्त्रालयष्का अन्तर्गतका प्राधिकरण, संस्थान, परिषद, बोर्ड, समिति, कम्पनी ऐनको अन्य संगठित संस्थामा आदि संस्थामा मन्त्रिपरिषद तथा मन्त्रीस्तरबाट भएका सबै किसिमका राजनीति नियुक्ति एवम् मनोनयन खारेज गर्ने निर्णय गरिएको छ ।’

सरकारले चिकित्सा शिक्षा विधेयक पुनः संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । यसअघि प्रतिपक्षीको विरोधपछि विधेयक फिर्ता लिइएको थियो ।

यसैगरी नेपाल चीन व्यापार पारवहन सम्झौताको ‘प्रोटोकल’सम्बन्धी वार्तामा भाग लिन नौं सदस्यीय टोली बेइजिङ पठाउने निर्णय पनि सरकारले गरेको छ । सो टोलीलाई हस्ताक्षर गर्ने अख्तियारीसमेत दिइएको प्रवक्ता बास्कोटाले जानकारी दिए ।

प्रदेश २ का आन्तरिक मामिला तथा योजना राज्यमन्त्रीलाई अमेरिका भ्रमणको स्वीकृति दिने, निक्षेप सुरक्षणको सीमा वृद्धि गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने, मालपोतको सातौं संशोधन नियमावली २०७५ र सैनिक सेवा पहिलो संशोधन नियमावली २०७५ लाई स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

काे काे पर्लान ?

दिगम्बर झा, अध्यक्ष, दूरसञ्चार प्राधिकरण

युवराज भुसाल, प्रमुख कार्यकारी अधिकृत (सीईओ), राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

संगीता भण्डारी, उपकुलपति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

चन्द्र सिंह साउद, प्रमुख कार्यकारी अधिकृत, नेपाल स्टक एक्सचेन्ज

मिनराज चौधरी, अध्यक्ष, गुठी संस्थान

नारायण चौधरी, प्रशासक, गुठी संस्थान

राजकुमार लामा, अध्यक्ष, बौद्धनाथ क्षेत्र विकास समिति

नरेन्द्रराज बस्नेत, अध्यक्ष, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति

निकिता पौडेल, अध्यक्ष, चलचित्र विकास बोर्ड

विष्णु मिश्र, अध्यक्ष, कर्जा सुरक्षण निगम

वसन्तप्रकाश उपाध्याय, महाप्रवन्धक, गोरखापत्र संस्थान

गंगाधर पराजुली, अध्यक्ष, न्यूनतम पारिश्रमिक निर्धारण समिति

नविनकुमार झा, अध्यक्ष, घरेलु तथा साना उद्योग विकास समिति

शालिकराम सिंह, अध्यक्ष, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद

दक्ष पौडेल, सहअध्यक्ष, राष्ट्रिय सहकारी बोर्ड

चन्द्रमणि पौडेल, अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्ड

भुपेन्द्र प्रसाद, अध्यक्ष, खानेपानी संस्थान (बोर्डका सदस्यसमेत)

बाढी तथा डुबान नियन्त्रण आयोजना नामको नयाँ संरचना खडा गरेर मोरङ कांग्रेसका सुमन कर्णलाई नियुक्त

पर्यटन बोर्डका दीपक महत, कृष्णबहादुर महरासहित तीन सदस्य ।

राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्षहरु

देशैभरका नगरविकास समितिका अध्यक्षहरु

Loading...

Related News

१० वर्षमा ५४ अर्बका गाडी : सरकारी खर्च

काठमाडौं, ३ मंसिर — सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ। पछिल्लो १० वर्षमा सरकारले साढे ५४ अर्ब रूपैयाँ…

मन्त्रिपरिषदद्धारा सामाजिक सुरक्षा नियमावली २०७५ पारित

काठमाडौं, २८ कात्तिक । मन्त्रिपरिषदले सामाजिक सुरक्षा नियमावली २०७५ पारित गरेको छ | श्रम मन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा नियमावली पारीत…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी