नेकपाको स्थायी समिति बैठकका लागि सचिवालयद्वारा एजेन्डा तय

63 Hits

मूलखबर। २०असार।

नेपाल कम्युनिष्ट पार्टी को सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले भोलि (बिहीबार) बस्ने स्थायी समिति बैठकका एजेन्डा तय गरेको छ ।


भोलि अपरान्ह ३ बजेका लागि तय गरिएको बैठकको लागि सचिवालय बैठकले कार्यसूची निर्धारण गरेको र प्रस्ताव तयार गरेको जानकारी गराईएको छ । स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले रिपोर्टिङ गर्नेछन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हालै सम्पन्न आफ्नो चीन भ्रमण तथा सरकारको कामकारबाहीबारे रिपोर्टिङ गर्नेछन् भने अर्का अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको सांगठनिक एकीकरण प्रक्रिया आदिबारे रिपोर्टिङ गर्नेछन् । स्थायी समिति बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे छलफल गरेर स्थायी समितिको सुझाव लिने काम पनि हुनेछ । पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले नियमावलीको मस्यौदा सचिवालयलाई बुझाइसकेको छ । स्थायी समितिको सुझावपछि त्यसलाई अन्तिम रुप दिइने छ । भ्रातृ संस्था तथा जनवर्गीय संगठनहरुको सांगठिनक एकीकरणको प्रक्रियालाई तीव्रता दिइने पनि बताईएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी