ओखलढुंगामा जिप पल्टिँदा दुईको मृत्यु, तीन सख्त घाइते

43 Hits

ओखलढुंगा। २०असार।  यहाँको सुनकोशी गाउँपालिकाको मूलखर्कबाट ओखलढुंगा सदरमुकाम तर्फ आउँदै गरेको बा १५ च ८८४३ नम्बरको जिप बुधबार बिहान पल्टिँदा दुईजनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् ।

 

सुनकोशी गाउँपालिकाको च्यानम भाल्दिपमा सडकदेखि करिब ३ सय मिटर तल जिप खसेको गाउँपालिका प्रमुख रुद्र अधिकारीले बताए। घाइतेहरुको उद्दार गरी उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल मिसन पठाइएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ पठाइएको प्रनाउ शर्माले बताए। विस्तृत जानकारी आउन समय लाग्ने उनले बताए। स्थानीयका अनुसार जिप रोकेर बाँकी यात्रु खाजा खान गएको बेला जिप आफैं गुडेर सडकदेखि खसेको थियो।
-कुम्भराज राई -ओखलढुंगा

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी