नेकपाको सचिवालय बैठक बस्दै तल्लो तहमा एकीकरण प्रक्रिया अघि बढ्ने

90 Hits
मूलखबर। २०असार।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बिहीबार बस्ने स्थायी समिति बैठकको एजेण्डा तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो। सचिवालय बैठकबाट पार्टीको पार्टीको विधान, नियमावली र राजनीतिक प्रतिवेदन पारितको तयारी गरिएको छ।

केन्द्रमा पार्टी एक भए पनि तल्लो तहहरुमा पार्टी एकीकरणको प्रक्रिया प्रारम्भ भएको छैन। विधान र नियमावली पारित गरी तल्लो तहको एकीकरणको गाँठो फुकाउने कसरतमा नेकपा छ। सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।  नेकपाले यसअघि प्रदेश, जिल्ला र प्रवासमा समेत एकता प्रक्रिया अघि बढाउन कार्यदल भने गठन गरेको थियो। विधान र नियमावली टुंगो नलाग्दा कार्यदलले पनि काम गरेका छैनन्।  तल्ला तह र जिल्ला कमिटिहरुमा तत्काल अध्यक्ष र सचिवमात्र राखेर एकता प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी