विश्वकप क्वार्टरफाइनलमा कसको खेल कहिले कोसँग ?

45 Hits

मूलखबर। २०असार।

विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ । मंगलबार राती अन्तिम प्रि–क्वार्टरफाइनलको खेल सकिएसंगै अन्तिम आठमा पुग्ने देशको टुङ्गो लागेको हो ।

क्वार्टरफाइनलमा फ्रान्स, उरुग्वे, रुस, क्रोएशिया, ब्राजिल, बेल्जियम, स्वीडेन र इंग्ल्याण्ड पुग्दा अन्तिम १६ बाटै घर फर्किने अभागि टोलीमा भने अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, जापान, मेक्सिको, स्विजरल्याण्ड र कोलम्बिया रहेका छन् ।

अब क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वे, आयोजक रुसले क्रोएशिया, ब्राजिलले बेल्जियम र इंग्ल्याण्डले स्वीडेनसँग प्रतिस्प्रर्धा गर्ने भएका छन् । फ्रान्स र उरुग्वेबीचको खेल असार २२ गते शुक्रबार बेलुकी पौने ८ बजे हुने छ भने पाँच पटकको विश्वकप विजेता ब्राजिल र उदयमान बेल्जियमबीचको भिडन्त सोही राती पौने १२ बजे हुने छ ।  यस्तै स्विडेन र इंग्ल्याण्डबीचको खेल असार २३ गते शनिबार बेलुकी पौने ८ बजे हुने छ भने आयोजक रुस र क्रोएशियाबीचको भिडन्त शनिबर रातीनै पौने १२ बजे हुने छ ।  यससँगै विश्व फुटबलमा मेस्सी र रोनाल्डो युगको पनि अन्त्य भएको विश्लेषण धेरैको छ । केलिन एमबाप्पे, रोमेलु लुकाकु, ह्यारी केन, नेइमार युगको सुरु भएको मानिएको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*