हाइटेन्सन लाइनको तार चुँडिएर घाइते र मृतकका परिवारसँग सांसद केसीको भेट

77 Hits

नेपालगन्ज ।

प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी नमुनाले बाँकेको राप्तीसोनारी गाउँपालिका ६ लक्ष्मीपुरमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेका घाइते र मृतकका परिवारसँग भेट गरेकी छन् ।

गत असार १६ गते बिहान करिब ३ बजेतिर लक्ष्मीपुरमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेर २ जनाको मृत्यू भएको थियो भने आधा दर्जन घाइते भएका थिए ।मृतकका परिवार तथा घाइतेलाई भेट्न प्रदेश सभा सदस्य नमुना मंगलबार लक्ष्मीपुर गाउँमा पुगेकी थिइन् । मृतक सुरेश चौधरी र टीकाराम चौधरीको घरमा पुगेर सांसद नमुनाले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरी राहत उपलब्ध गराउन आफूले पहल गर्ने भन्दै पीडित परिवारलाई सान्तवना दिएकी थिइन् ।

मृतक परिवार, घाइते र स्थानीयबासीहरुलाई भेटिसकेपछि प्रदेश सांसद नमुनाले दुखद घटना भएको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै सहज हुनुपर्ने बताइन् । उनले घाइते र मृतकलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायमा पहल गर्ने तथा प्रदेश र संघिय सरकारलाई दबाब दिने बताइन् ।उनले मंगलबार नै नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचार गराइराखेका घाइतेहरुलाई समेत अस्पतालमा नै पुगेर भेटेकी थिइन् । सांसद नमुनाको साथमा नेकपाका युवा नेता सुर्य प्रकाश घर्ती, विद्यार्थी नेताहरु नवराज योगि, दिपेन्द्र धिताल लगायत समेतको सहभागिता रहेको थियो ।

Loading...

Related News

जर्मन कम्पनी भक्सवागनका गाडीले वातावरणलाई प्रतिकुल असर पार्ने

काठमाडौैंं, २७- चारपांग्रे सवारी साधन उत्पादक जर्मन कम्पनी भक्सवागनद्वारा बिक्री गरिदै आएका सवारी साधनले वातावरणलाई प्रतिकुल असर पार्ने कार्बन उत्सर्जन…

पाइलट पर्याप्त, ६ जहाज ग्राउन्डेड

काठमाडौं, ११ भदौ- नेपाल वायु सेवा निगमले आन्तरिक उडानतर्फ चालू हालतका आठमध्ये ६ जहाज थन्काएको छ। अनि बहाना बनाएको छ-…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी