सुस्ताबासीले भत्काए भारतीय बाँध
मूलखबर। १९ असार।
वर्षासंगै खेतियोग्य जमिन डुवानमा परेपछि नवलपरासीको सुस्ताबासीले गण्डक नहर भत्काएका छन् । सुस्ता गाउँपालिका गुडरियाबाट बाँध भत्काएर स्थानीयले भारत तर्फको नहरमा पानी खसालेका हुन् ।
उनीहरुले भारतीय पक्षको विरोध गर्दै नारा समेत लगाएका छन् । भारतीय नहर व्यवस्थित नहुँदा हरेक वर्ष सुस्ताको सयौं बिघा खेत डुबानमा पर्दै आएको छ । यस पटक पनि करिब २ सय बिघा धान खेत डुबानमा परेको छ । भारतीय पक्षले ह्युमपाइप अग्लो स्थानमा राखिदिएकाले पानी बगेर नहरमा नखस्दा हरेक वर्ष सुस्ता डुबानमा पर्दै आएको छ ।