अहिलेसम्म १४ को मृत्यु, मौसममा सुधार आउने

37 Hits

मूलखबर। १९ असार। बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या १४ पुगेको छ। बाढीपहिरोमा परी प्रदेश ५ मा मात्र आठ जनाको मृत्य भएको छ। त्यसमध्ये बाँकेमा चार जनाले ज्यान गुमाएका छन् भने रोल्पामा तीन जनाको मृत्यु भएको छ। दाङमा एक जनाको मृत्यु भएको छ। सर्लाहीमा पनि बाढीले बगाएर दुई जनाको ज्यान गएको छ  ।

पर्सा जिल्लामा बाढीले बगाउँदा एक जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।  कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ।  सिन्धुलीमा खोलाले बताउँदा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। बाँकेमा सबैभन्दा बढी जनको क्षति भएको छ। बाँकेमा बाढीबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ। बाढीमा परी बैजनाथ गाउँपालिकामा दुई, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा एकएक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 देशको पूर्वी र मध्य तराईमा ठूलो वर्षा हुने अनुमान गरिएको छ। त्यस क्षेत्रमा ठूलो पानी पर्ने संभावना रहेकाले नदी छेउका वासिन्दालाई सजग रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बुधबारबाट भने देशैभरको मौसममा सुधार आउने मौसमविद्ले जानकारी दिए।

 

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी