जिल्ला नछाड्न सिडियोलाई गृहको निर्देशन

59 Hits

मूलखबर। १९ असार।

लगातारको वर्षासंगै बाढीपहिरोको प्रकोप बढेपछि गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ ।

बाढीपहिरोको जोखिम बढेसंगै उद्धार र राहतका काम तल्काल थाल्नु पर्ने भन्दै गृहले सबै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई जिल्ला नछाड्न कडा सर्कुल जारी गरेको हो । गृहले उद्धार र राहतका काममा सक्रिय हुन समेत निर्देशन दिएको छ । गृह मन्त्रालयले विपद् प्रभावित क्षेत्र र सम्भावित जोखिमयुक्त जिल्लामा उद्धारका लागि हेलिकप्टर समेत तैनाथ गर्न नेपाली सेनालाई आग्रह गरेको छ। अहिले विपद् व्यवस्थापनका लागि केन्द्रमा प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् रहेको छ भने प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन समिति र सबै स्थानीय तहमा स्थानीय तहका प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति रहेको छ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*