जापानसँगको खेलमा बेल्जियमको जीत

65 Hits

मूलखबर। १९ असार।

जापान तथा बेल्जियमबीचको रोमाञ्चक खेलमा अन्तत: बेल्जियमले ३-२ को विजय हासिल गरेको छ।

खेलको मुख्य समयमा बेल्जियमले काउन्टर एट्याकमा खुकुलो जापानी डिफेन्सको फाइदा उठाउँदै जापानमाथि जित हात पारेको हो। गोल खानुअघि जापानले बेल्जियमविरूद्ध कर्नर पाएको थियो र उसका प्राय: सबै खेलाडी बेल्जियमको पोस्टमा थिए। बेल्जियमले त्यसैको फाइदा उठाउँदै जापान विरूद्ध विजयी गोल गर्‍यो।
पहिलो हाफ गोलरहित बराबरी खेलेका जापान र बेल्जियमबीचको खेलमा जापानले तीन मिनेटभित्र दुई गोलको झट्का दियो। बेल्जियमलाई झट्का दिने क्रममा जापानले दोश्रो हाफको तीन मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको थियो। नकआउट प्रवेश गरेको एक मात्र एसियाली राष्ट्र जापानका लागि हारागुचीले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए। जापानको सो गोलबाट उम्कन नपाउँदै जापानले फेरि बेल्जियमलाई ३ मिनेटमा नै अर्को झट्का दिएको थियो। जापानका लागि ५१ औं मिनेटमा जापानका इनुले दोश्रो गोल गरेका थिए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी