बबई, नारायणी र राप्ती नदीमा खतरा, उच्च सतर्कता अपनाउन आग्रह
मूलखबर। १९ असार।
जल तथा मौसम विज्ञान विभागका अनुसार बर्दियाको बबई नदी र नारायणी नदीले खतरा ल्याउने संकेत दिएको छ ।
नारायणी नदीको रिउ खेला बन्कट्टा क्षेत्रमा खतरा बढेको छ । चेतावनीको तह ३ मिटर रहेकोमा यो ३.५ मिटर खतराको तहमा रहेको छ । कर्णाली नदीको चसापानी स्टेसनमा पछिल्लो २४ घण्टामा १८१.८ मिलिमिटर वर्षा भएको मापन भएको छ । त्यहाँ पनि खतराको चेतवानी जल तथा मौसम विज्ञान विभागले जारी गरेको छ । बबई नदीको रानी जरुवा, गुलरिया, घोराही, पदमपुर लगायत विभिन्न भारि वर्षा भएको छ । पश्चिम राप्तीको लमहीमा खतराको संकेत देखाइएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २०१ मिलिमिटर वर्षा भएको छ । बबई नदी, पच्चिम राप्ती जलाधारको धेरैजसो स्थानहरूमा तथा कर्णाली नदी जलाधारको चिसापानी र आसपास भारी बर्षा मापन भईरहेको छ । नदीको तटिय क्षेत्रमा जलसतह बढ्ने क्रम जारी भएकोले उच्च सतर्कता अपनाउन मौसम विज्ञान विभाग भनेको छ ।