आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी वर्षा हुने, सतर्क रहन चेतावनी

157 Hits

काठमाडाै, १८ असार ।

मुलुकभर मनसुनी प्रभाव फैलिएकाले आगामी ३ दिनसम्म अधिकांश भेगमा भारी र केही भेगमा अध्याधिक वर्षा हुने भएको छ ।

मनसुन न्यून चापिय रेखा (वर्षा गराउने प्रणाली) नेपालतर्फ सरेकाले धेरैजसो भू–भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडी र अरव सागरबाट भित्रिने जलवाष्पयुक्त हावा नेपाली भू–भागमा एकीकृत हुँदा भारी र अध्यधिक वर्षा हुने महाशाखाका मौसमविद् सुवास रिमालले बताउनुभयो ।

मुलुकको भौगोलिक बनावटअनुसार अध्यधिक र भारी बर्षाको मात्रा र प्रभाव फरक हुने उहाँको भनाइ छ । ‘कुनै जिल्ला विशेषभन्दा पनि धेरैजसो भू–भागमा भारी वर्षा हुँदैछ, त्यसैले नदी तटीय क्षेत्र, भिरालो भू–भाग र सामान्य वर्षामा पनि डुवान हुने क्षेत्र आसपासमा सर्तकता अपनाउनु उत्तम हुन्छ’–रिमालले भन्नुभयो । – नेपाल समाचारपत्रबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी