प्रसारण लाईन विस्तार र विद्युत निर्यातबारे उर्जा मन्त्रालयकाे यस्तो योजना सार्वजनीक

46 Hits

काठमाडौं, १७ असार ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री मन्त्री वर्षमान पुनले विद्युत प्रसारण लाईन निर्माण, विस्तार र विद्युत निर्यात गर्ने सम्वन्धी एउटा महत्वपूर्ण गुरुयोजना सार्वजनीक गरेका छन् ।
नले मुलुकलाई विभिन्न पाँच क्षेत्रमा विभाजन गरी योजनाबद्ध विद्युत प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण गुरुयोजना सार्वजनिक गरेका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री वर्षमान पुनले उक्त गुरुयोजना सार्वजनिक गरेका हुन् ।
देशभर योजनाबद्ध प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण गुरुयोजना सार्वजनिक गरीएको हो।
सन् २०४० सम्ममा १८ हजार मेगावाट विजुली निर्यात गर्ने महात्वाकांक्षी योजना यसमा समावेश छ ।

त्यसैगरी गुरुयोजनामा सन् २०४० सम्ममा देशभर उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न १३२ केभीको २ हजार ५ सय १५ किलोमिटर लामो प्रसारण लाइन, २२० केभीको १ हजार १ सय ६० किमि लामो प्रसारण लाइन र ४०० केभीको ३१९२ किलोमिटर लामो प्रसारण लाइन आवश्यक पर्ने आकलन गरिएको छ ।

गुरुयोजनामा २०४० सम्ममा नेपाललाई आन्तरिक खपतका लागि मात्रै १८ हजार मेगावाट विद्युत् आवश्यक पर्ने उल्लेख छ । यस्तै अन्य देशमा करिब १८ हजार मेगावाट विद्युत् निर्यात हुने आकलन गरिएको छ । उक्त अवधिसम्म ३८ हजार मेगावाट विद्युत् उत्पादन हुने आकलन छ । विद्युत उत्पादन तथा आवश्यक प्रसारण प्रणालीको लेखाजोखा गरेर उक्त गुरुयोजना तयार पारिएको हो ।
विद्युत उत्पादन, प्रसारण तथा वितरणको महत्वाकांक्षी लक्ष्य तय गर्दै नदी बेसिनका आधारमा पाँच ‘प्रसारण हव’ बनाउने लक्ष्य राखिएको छ ।

ऊर्जा उत्पादनमा लाग्न चाहने सरकारी, निजी क्षेत्रलाई समेत सो गुरुयोजनाले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास लिइएको छ । गुरुयोजनामा महाकाली नदी, पश्चिम सेती र कर्णाली करिडोर जोन–१, भेरी नदी करिडोर जोन–२, कालीगण्डकी र मस्र्याङ्दी करिडोर जोन–३, त्रिशूली–चिलिमे, खिम्ती, तामाकोसी करिडोर जोन–४ र कोसी, अरुण र काबेली कोरिडोर जोन–५ उल्लेख छ ।

राष्ट्रिय तथा प्रसारण ग्रिड कम्पनीले लामो अध्ययनपछि तयार पारेको ‘प्रसारण प्रणाली विकास गुरुयोजना’ लाई कार्यान्वयन गरेर मुलुकको ऊर्जा क्षेत्रमा सकारात्मक परिवर्तन गर्ने ऊर्जामन्त्री पुनको भनाइ छ ।

गुरुयोजनामा उत्तरी छिमेकी देश चीन र दक्षिण छिमेकी देश भारत जोड्ने गरी क्रमशः उत्तरतर्फ दुई र दक्षिणतर्फ पाँच अन्तरदेशीय उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ । आन्तरिक र अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि करीब सात खर्ब ८२ अर्ब लगानी हुने गुरुयोजनामा उल्लेख छ ।

Related News

देशकाे विकासकाे लागि सिञ्चाइ र उर्जाकाे विकास अावश्यक : मन्त्री पुन

भक्तपुर २३ असार ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले देशमा सिँचाइ र ऊर्जाको विकास भए सहज रुपमा विकास हुने…

झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त, कसरी भयाे सम्भव ?

लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ,  ३१ वैशाख  । झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी