नेकपा अध्यक्ष प्रचण्ड जीवन संगिनी सितासहित खुशी बाेकेर फर्किए….(फाेटाेफिचर)

646 Hits

काठमाडाै‌ १७ असार ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डआज स्वेश पर्किएका छन् । आफ्नी जीवन संगिनी सिता दाहालको उपचारको सिलसिलामा सिंगापुर गएका प्रचण्ड आइतबार राती ९ बजे पत्नी सिता दाहालसँगै त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्दा उनीहरुलाई भव्य स्वागत गर्नेको गरिएको थियो ।

पार्टी प्रवक्ता नारायणाकाजी श्रेष्ठ,  महासचिव विष्णु पौडेल, पुर्व सभामुख एवं पार्टी नेता सुवास नेम्वांग, परराष्टमन्त्री प्रदिप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन अनन्त, सचेतक देव गुरुंग, अापूर्ती मन्त्री मातृका यादव सहित मन्त्रीहरु, नेता कार्यकर्ता र परिवारका सदस्यहरुले प्रचण्ड र सिताको स्वागत गरेका थिए ।
आफ्ना एकमात्र पुत्र प्रकाश दाहालको ह्दयघातबाट गत मंसीरमा निधन भएपछि भावविह्ल बनेकी सिता दाहाल त्यसपछि खासै खुशी हुन सकेकी थिइनन् ।

उपचारपछि विमानस्थलमा देखा पर्दा सिताको मुहारमा केही चमक र खुशी भरिएको थियो । सिताको मुहारमा खुशी ल्याउन नै प्रचण्डले आफ्ना महत्वपूर्ण जिम्मेवारीलाई समेत केही समय थाती राख्दै उनीसँगै सिंगापुर बसेका थिए ।


सिता दाहालको रोगको निदान भएको र स्वास्थ्यमा सुधार भएको जानकारी अध्यक्ष प्रचण्डले गराएका थिए । सिता दाहालको उपचार सिंगापुरमा वाटर थेरापी विधिबाट चिकित्सकको प्रत्यक्ष निगरानीमा गराइएको थियो ।

सिंगापुरस्थित एमटि. एलिजाबेथ अस्पतालमा उनकाे रोगको पहिचान गरी उपचार पश्चात स्वास्थ्य स्थितिमा राम्रो सुधार आएको  बताइएकाे छ । उनलाई Progressive Supranuclear Palsy (PSP) भएको उपचारमा सम्लग्न चिकित्सकहरुले जनाएका छन् ।

तीन महिनासम्मको वाटर थेरापी र औषधी सेवन पछि रोगको निदान हुँदै जाने चिकित्सकहरुको भनाई रहेको छ । रोगको पहिचान भएको र निदान हुने कुराले उहाँ र उहाँको परिवारमा आशा जगाएको छ । विभिन्न स्थानमा गरिएको परिक्षणमा रोगको ठोस पहिचान हुन सकेको थिएन ।  
आफूलाई ५० वर्ष साथ दिने श्रीमतीलाई पूर्ण उपचार गराएर र खुशी लिएर मात्रै आउने बाचा गरेका प्रचण्ड पत्नी सिता दाहालको मुहारमा खुशी ल्याउन साँच्चै सफल भएका देखिए ।
विमानस्थलको अति विशिष्ट कक्षमा सिता दाहालको मुहारमा खुशी देख्दा त्यहाँ पुगेका सबैले अत्यन्त खुशी महशुस गरेका थिए ।

प्रचण्ड त्यस्ता व्यत्तिm हुन् जो हरेक प्रतिकूलतालाइ अनुकूलतामा बदल्दै आँशुलाई हाँसो र खुशीमा बदल्न सक्छन् उनकै प्रयास र प्रतिबद्धताले नेपालीको मुहारमा खुशी छाउने क्रम जारी छ . आशा गरौं पत्नी सिता दाहालको मुहारमा झै समस्त नेपालीमा खुशी ल्याउन प्रचण्ड सफल हुनेछन् ।

 

 

Related News

नेकपाको ८८ जिल्ला समिति, केन्द्रीय सदस्यलाई दुई कमिटिमा जिम्मेवारी

काठमाडौं, ३ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ८८ वटा जिल्ला कमिटि हुने भएका छन् । पार्टीको केन्द्रीय सचिवालयमा पारित…

शहीदहरुले देखेका सपना पूरा गर्न गरियो एकता : प्रचण्ड (भिडियाेसहित)

काठमाडौं, ३१ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ण्डले शहीदहरुको सपना पुरा गर्नकै लागि नै एकता गरिएको बताएका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी