एउटै परिवारका ११ शव झुण्डिएको अवस्थामा फेला

75 Hits

मूलखबर। १७ असार।

 

नयाँदिल्लीको एक घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको अवस्थामा फेला परेको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ ।

बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको हो । सबै जना एकै परिवारका सदस्य रहेको स्थानीयबासीले बताएका छन् । प्रहरीले छिमेकीहरुसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।प्रारम्भिक अनुसन्धानमा प्रहरीले यसलाई आत्महत्या भएको अनुमान गरेको छ । सामूहिक आत्महत्या गर्ने बेला एकअर्कालाई हेर्न र बोल्न नचाहेकाले सबैको आँखा र मुखमा पट्टी बाँधिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर, वास्तविकता भने पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने छ । उनीहरुको सानो ब्यापार रहेको बताईएको छ ।- एजेन्सी

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी