प्रलाप राईको स्वरमा ‘कुशुम तिम्रो पछौरी’ (भिडियोसहित)

2434 Hits

मूलखबर। १७ असार।
ओखलढुंगाका चर्चित गायक प्रलाप राईको स्वरमा ‘कुशुम तिम्रो पछौरी’ नामक म्युजीक भिडीयो सार्बजनिक भएको छ ।

गीतलाई टिका दाहालले सङ्गीत दिएका छन्र भने रमेश दाहालको शब्द रहेको छ । धेरै बर्ष पहिले ‘बैगुनी छौ भनु भने आखा जुधाउछौ -मायालु हौ भनु भने माया लुकाउछौ’ भन्ने प्रकाश श्रेष्ठको चर्चित गीतलाई कभर गरेर अझ चर्चाको शिखरमा पुगेका ओखलढुंगाका गायक प्रलाप राई भर्खरै मात्र रिलिज भएको ‘उडाई ल्यायो तिम्रो पछ्यौरि कुसुम,गोधुलिमा झल्को बनि तिम्रो यादले बेहाल बनायो’ नामक गीतले अझ चर्चामा आउने आशा गरिएको छ । फरक शैलीको संगीत,त्यसैगरी गित लेखन फरक शैलीकै भएको कारण नेपाली संगीत आकाशमा प्रलाप राइको गीतले एक पटक शिखर चुम्ने संगीत साधकहरु बताउछन।

पछिल्लो समयमा कलाका अन्य विधामा पनि आफ्नो समय खर्चेका गायक राईले धेरै वटा गीतमा आफ्नो स्वर साथै संगीत दिइसकेका छन् । मिलनसार,सहयोगी,गायक राई केहि समय बैदिशिक रोजगारको शिलशिलामा बिदेशमा रहेपनि अब संगीतलाई निरन्तरता दिने बताउछन । नेपालका विभिन्न ठाउका मेला महोत्सबमा पनि क्रमश निम्ता आईरहेको बताउने गायक राई अहिले संगीत सिर्जनामा नै ब्यस्त रहेको बताउछन।

कलाकारहरु बिकास लामिछाने र आश्मा गिरीलाई निर्देशक प्रकाश धितालले म्युजीक भिडीयोमा गित जस्तै जिबन्त उतार्ने प्रयास गरेका छन् । म्युजीक भिडीयोलाई पोखराका रमणीय स्थानहरुमा खिचिएको छ । बुढासुब्बा म्युजीकले बजार ब्यबस्थापन गरेको म्युजीक भिडीयोमा नेत्र गुरुङको छायाकन, ओम प्रसाईको ड्रोन क्यामरा सिप र निसान घिमीरेको सम्पादन रहेको छ ।

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी