सीताको स्वास्थ्यमा सुधार : प्रचण्ड आज फर्कँदै

179 Hits

मूलखबर। १७ असार।

श्रीमतिको उपचारका लागि सिंगापुर रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका छन् । पत्नी सीताको स्वास्थ्यमा सुधार आएसँगै प्रचण्ड साँझ स्वदेश फर्कने भएका हुन् ।

सीताको स्वास्थ्यमा समस्या आएपछि उनी गत असार चार गते सिंगापुर गएका थिए । प्रचण्डले सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा सीताको उपचार गराएका थिए । वाटरथेरापी र चिकित्सकको सुझाव अनुसारको औषधि सेवनले आमा सीताको स्वास्थ्यमा सुधार आएको छोरी गंगाले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् ।

Related News

Comments are closed