प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको मन्त्रिपरिषद्को निष्कर्ष

68 Hits

मूलखबर।
१४, असार।

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा हुने गरी सफल रहेको निष्कर्ष निकालेको हो।

मन्त्रीपरिषद बैठकले युरोपेली युनियनले दिने ५ अर्ब ६ करोड अनुदान सहायता पनि स्वीकृत गरेको छ। यो अनुदान सहयोग कृषि विकास रणनीति कार्यान्वयनमा खर्च हुने बताईएको छ। त्यसैगरी बीमा विधेयक–२०७५, कर्जा सुरक्षण नियमावली– २०७५, वैदेशिक रोजगारमा गएका नेपाली कामदारका लागि कानुनी प्रतिरक्षासम्बन्धी निर्देशिका पनि बैठकले स्वीकृत गरेको छ। त्यस्तै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको पहिलो संशोधन विधेयक, २०७५ संसदमा पेश गर्ने निर्णय पनि गरेको छ।

Related News

Comments are closed