तीन सय ३५ नेपाली जेलमा, २० जना कोमामा

37 Hits
मूलखबर।
१३ असार। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैदेशिक रोजगारमा गएका ३ सय ३५ जना नेपाली विभिन्न देशका जेलमा रहेको बताएका छन्।
त्यसैगरी ज्ञवालीले २० जना नेपाली कोमामा रहेको जानकारी दिए। विनियोजित बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन्। सबभन्दा बढी साउदी अरेवियामा २ सय २९ जना जेलमा छन् भने दुबईमा ६३, बैंककमा ३९, बहराइनमा ९, चीनमा ३ जना रहेका छन्।जसमध्ये कतारमा ११ जना, दुबईमा २ जना, साउदीमा ५ जना छन्। बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीहरुको शव ल्याउन क्रम जारी रहेको जानकारी पनि उनले दिए। २०६८ सालदेखि छिमेकी मुलुकको विमानस्थल प्रयोग गरी बैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्ने प्रयास भइरहेको मन्त्री ज्ञवालीले बताउँदै भिजिट भिसामा जाने नेपालीहरु ठगीमा पर्ने गरेको बताएका छन्।

Related News

Comments are closed