लौरीको ट्रेलर सार्वजनिक, बादीको पीडा समावेश

127 Hits

मूलखबर।
काठमाडौं,१३ असार। साउन ४ गते रिलिजको तयारीमा रहेको दीपक ओली निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको छ ।

दाङ, बाँके, सल्यानसहितका जिल्लामा बसोबास गर्ने बादी समुदायको कथामा निर्माण गरिएको फिल्मका लेखक महेश दवाडी हुन् । कमेडी, प्रेम, बदला, द्वन्द्व मिसिएको ट्रेलरमा ‘‘बादी’ को कथाका झलक समेत देखाइएको छ ।

कलाकार विजय बराल ‘बादी’ र अभिनेत्री सन्ध्या केसी ‘बदिनी’का रुपमा देखाइएको अनुमान लगाउन सकिन्छ ।

एउटा सानो गाउँमा पण्डित्याईको काम गर्ने पण्डितहरूको कथा उठाएको चलचित्रले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ ।

तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डित समुदायबीचको सम्बन्धलाई चलचित्रले देखाउन खोजेको निर्देशक दीपक ओलीले बताए ।

अधृत फिल्मस् प्रालिको ब्यानरमा थमनकुमार भण्डारी र किशोर खड्काले संयुक्त लगानीमा फिल्म निर्माण गरेका हुन् ।

चलचित्रमा भोलाराज सापकोटा, प्रवीन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

‘पण्डित बाजेको लौरी’मा विदुर पाण्डेको छायांकन, मित्र डि गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्णबम मल्ल तथा अमित श्रेष्ठको संगीत रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी