युट्यूवले ल्याउदै छ पैसा कमाउने नयाँ फिचर

101 Hits

एजेन्सी । युट्यूवमा भिडियो अवलोड गर्नेको रकम नदिने गुनासो आइरहेका बेलामा युट्यूवले नयाँ तरिकाबाट पैसा कमाउने मौका दिइरहेको छ ।

युट्यूवले अब नयाँ तरिका पेड मेम्बरशिपको नयाँ फिचर सार्वजनिक गरेको छ । अब युट्यूवर्स विज्ञापनका साथ युट्यूव मेम्बरशिपको बिक्री गरेर पनि रकम कमाउन सक्ने नयाँ फिचर ल्याएको छ ।युट्यूवका चिफ प्रोडक्ट अधिकारी निल मोहनले बताएका छन् गुगलको लगानीमा रहेको युट्यूवको हाल विज्ञापनबाट धेरै कमाइ गरिहेको छ ।

निलले भने, ‘ अहिले यो नयाँ फिचरमा धेरै ध्यान नदिएको भएपनि अब विज्ञापनभन्दा पनि बाहिर पनि अन्य उपायाहरु सोच्न जरुरी भइसकेको छ । भिडियो बनाउनेहरुलाई उनीहरुको भिडियोबाट धेरै तरिकाबाट कमाउने मौका दिन आवश्यक भइसकेको छ ।’जस्तै जसको १००,००० भन्दा बढी सस्क्रायबर छन् यसले सस्क्रिप्सन पनि शुरु गर्न सक्ने छन् जुन सस्क्रायबर भएकाहरुबाट ४.९९ डलरमा मासिक शुल्क लिन सक्नेछन् । कम्पनीका अनुसार भिडियो बनाउनेका लागि अन्य केहि बस्तुहरु पनि त्यहाबाट बेच्न सक्ने छन् ।यसका साथ साथै गुगल एन्ड्रोइड म्यासेजका लागि डेस्कटप ब्राउजर सर्पोट पनि जारी गर्न गइरहेको छ । जसमा युजरको आफ्नो एन्ड्रोइड डिभाइसमा आएको म्यासेजलाई निजी कम्प्युटरमा सेट,भ्यू र रिसिभ गर्नेको सुविधा पाउने छ ।द वर्जको रिर्पोटका अनुसार सर्च इन्जिन दिग्गजले यस्तो फिचर ल्याउने योजना बनाएको छ । यो गुगलको पुश टूवर्डस च्याटमा पहिलो महत्वपूर्ण कदम हो ।

द वर्जको रिर्पोटका अनुसार एन्ड्रोइड म्यासेज वेवसाइट शुरु गर्नलाई युजर्स एक क्लिक रिस्पोन्स(क्यूआर) कोडलाई स्क्यान गर्न सकिने छ । यसको लागि एन्ड्रोइड म्यासेज मोबाइल एपसको प्रयोग गर्न पर्ने हुन्छ यसले यी दुइलाई एक अर्कामा लिंक गर्ने काम गर्ने छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी