६ मुस्लिमसहित ८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध
मूलखबर।
१३ असार।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ ।
ट्रम्पको पक्षमा भएको यो फैसलालाई उनको अहिलेसम्मकै ठूलो जितका रुपमा विश्लेषण गरिएको छ । केहि अघि मुसलमान बहुल ६ देशसहित ८ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो निर्णयले ट्रम्पको अन्तर्राष्ट्रिय जगतमा आलोचना भएको थियो ।