सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन

124 Hits

मूलखबर। काठमाण्डौ,१० असार।

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन्।  नयाँ संविधान कार्यान्वयनमा आएपछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनको छ दिने औपचारिक भ्रमण समापनमा प्रधानमन्त्र ले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताएका छन्।


अबको समयमा राजनीतिक र कूटनीतिक सम्बन्धका हिसाबले प्रणाली, सामाजिक प्रबन्धका हिसाबले, सुशासनका हिसाबले अथवा आर्थिक विकासका हिसाबले कसरी अगाडि जाने नेपाल? त्यसैले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको हो। त्यो अकारण छैन प्रधानमन्त्रीले बताए।

त्यसैअन्तर्गत हाम्रो रेलको सम्बन्धमा कुनै देशबाट ल्याएर हाम्रो सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन। पूर्व–पश्चिम रेलको कुरा, राजधानीसम्म आउने रेलको कुरा, काठमाडौं–पोखरा जाने रेलको कुरा, काठमाडौं उपत्यकाभित्र चल्ने रेलको कुरा, अथवा थालकोट–धुलिखेल चल्ने रेल अथवा काठमाडौं–वीरगञ्ज चल्ने रेलको कुरा नेपाललाई आधुनिक युगमा प्रवेश गराउने कनेक्टिभिटी  हो। सम्पर्क सम्बन्धका, आवागमनका, परिवहनका सबै माध्यम र सूचना र सम्बन्धका सबै क्षेत्रलाई आधुनिक ढंगबाट विकासका लागि प्रयोग गर्नुपर्छ। त्यसो भएकाले रेलमार्गसम्बन्धी प्रश्न फेरि उठेको छ र यसको अध्ययन टुंग्याउने र कामहरू अगाडि बढाउने अवधारणामा हामी गएका छौँ उनले भनेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी