कसरी हुन्छ उत्पादकत्व अभिवृद्धि र औद्योगिक विकास ?

93 Hits
उत्पादकत्व र औद्योगिक विकास

-चित्राङ्गत बराल-

एउटा उद्योग, सरकारी कार्यालय, सङ्घसंस्था र राजनीतिक दलको कार्यालयमा जाँदा कार्यालय सफासुग्घर होस्, सामानहरू मिलाएर राखेको होस्, सामानको विवरण भएको लिष्ट होस्, मर्मतसम्भारको कार्यतालिका देखियोस्, सावधानीका सङ्केत चिह्न रहेका हुन्, उत्पादनको फ्लोचार्ट टाँसिएको होस्, प्रत्येक मेशिनरीको क्याटलग टाँसिएको होस्, ग्राहक सन्तुष्टि सर्वेक्षण र पृष्ठपोषण पद्धति रहेको होस् भन्ने चाहना हुन्छ, जुन उत्पादकत्व संस्कृतिको सङ्केत हो । व्यवस्थापकहरू र कर्मचारी÷कामदारको आचारसंहिताका मुख्यमुख्य बुँदा सबैले पढ्न सक्ने गरी लेखिएको बोर्ड, स्टाफ मिटिङ र त्यसको पृष्ठपोषण लिने संस्कृति, गुणचक्रको गठन र अभ्यास, समयसमयमा तालीम र विकास, भरपर्दो सूचना संयन्त्रसहित एकआपसमा विश्वासको वातावरण पनि उत्पादकत्व संस्कृतिहरू हुन् ।

नेपालमा उत्पादकत्व, आर्थिक विकास, उद्यमशीलता विकास एवम् लगानी अभिवृद्धिमा विभिन्न बहस हुने गरे पनि सो विषयलाई कसरी मूर्तरूपमा कार्यान्वयनमा ल्याउने भन्ने विचारमा एकमत छैन । यी विषयलाई प्राविधिक रूपमा बुभ्mनुभन्दा आप्mनो हित प्रवद्र्धन र स्वार्थ रक्षातर्फ केन्द्रित गरी व्याख्या र विश्लेषण गर्ने गरिएको अवस्था छ । औद्योगिक विकासको महत्त्वपूर्ण पक्ष उत्पादकत्व वृद्धिमा श्रमको दक्षता बढाउने, प्रविधिमा सुधार गर्ने, लेआउटलाई व्यवस्थित बनाउने, रोजगारदाता र श्रमिकबीच सम्बन्ध सुधार गरी असल श्रमसम्बन्धको वातावरण बनाउने, उत्प्रेरणा बढाउने, हाउस किपिङमा सुधार गर्ने, बजारीकरण शीपको विकास गर्ने विषयहरू पर्छन् । नेपालका सन्दर्भमा उल्लिखित विषयमा ध्यान दिने वा कुनै पनि उत्पादनमूलक र सेवामूलक संस्थाको उत्पादकत्व परीक्षण गर्ने गरेको पाइँदैन । नेपालका लगानीकर्ता, सरकार र श्रमिकहरूमा पनि समग्र उत्पादकत्व वृद्धि गर्दा देशको कुल गार्हस्थ्य उत्पादन बढ्नुका साथै रोजगारी बढ्ने, लाभांश बढ्ने, ज्याला बढ्ने र राजस्व बढ्नेजस्ता महत्त्वपूर्ण उपलब्धि हुने विषयमा ध्यान गएको देखिएन । यस्ता महŒवपूर्ण विषयलाई दृष्टिगत गर्दा नेपालमा उत्पादकत्व संस्कृति अभियान सञ्चालन गर्नुपर्ने जरुरी देखिएको छ ।

उत्पादकत्व भनेको उत्पादित वस्तुको परिमाण र सो वस्तुको उत्पादनको सिलसिलामा प्रयोग गरिएका सम्पूर्ण निवेश (साधनहरू)बीचको अङ्कगणितीय अनुपात हो । उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, ऊर्जा, यन्त्र उपकरण, अन्य औजार, मानव संसाधन एवम् उत्पादनपछि विक्री व्यवस्थापन, विज्ञापन, ढुवानी आदि उत्पादकका तर्फबाट हुने खर्च हुन् भने वस्तु सेवा विक्रीबाट प्राप्त हुने मौद्रिक आम्दानी उत्पादकको आय हो । कम खर्च गरी बढी आम्दानी गर्दा प्रतिएकाइ उत्पादकत्व बढी हुन्छ । व्यवस्थापन शीप, कामदारको दक्षता, कच्चा पदार्थको कम नोक्सानी, मेशिनरीको सुरक्षा, ऊर्जाको कम र प्रभावकारी प्रयोग, ढुवानी र कच्चा माल प्राप्तिमा कम लागत, ठीक समयको कच्चा पदार्थ प्राप्ति र तयारी मालको विक्री, प्रभावकारी विक्रीकला, कामदार व्यवस्थापनमा दक्षताबाट लागत घटाउन सकिन्छ । लागत घटाएर कम मूल्यमा ग्राहकको मागबमोजिम गुणस्तरीय उत्पादन ग्राहकसमक्ष पु¥याउन सक्दा व्यवसाय दिगो हुन्छ । व्यवसायको विकास एवम् दिगोपना उत्पादकत्वमा भर पर्छ । विश्वभरि नै देशको आर्थिक विकासको मापन गर्ने मानकका रूपमा उत्पादकत्वलाई लिइन्छ ।

उत्पादकत्व वृद्धिका लागि उत्पादनका लागि प्रयोग गरिने पूँजी, प्रविधि, श्रम, ऊर्जा, सामग्री, समय र सूचनाको अति उत्तम प्रयोग हुनुपर्छ । आर्थिक क्रियाकलाप सञ्चालन गर्दा संसाधनको लाभदायक उपयोग गरेबापत प्राप्त हुने प्रतिफल उत्पादकत्व हो । उत्पादकत्व बढाउन र राम्रो नतीजा प्राप्त गर्न साधनको बहुप्रयोगमा ध्यान दिनुपर्छ । राम्रो उत्पादकत्वले व्यवसाय/उद्योगले लामो समयसम्मको लक्ष्य किटान गर्न सक्ने, प्रतिस्पर्धामा उत्कृष्ट हुने, रोजगारी वृद्धि गर्न सक्ने साथै शेयर होल्डरलाई राम्रो लाभांश र मजदूर/कर्मचारीलाई बोनस दिन सक्छ । उत्पादकत्व विषयमा विभिन्न विद्वान्का विभिन्न परिभाषा भए पनि यसलाई थोरै साधन प्रयोग गरी धेरै उत्पादन गर्ने, खेर जाने वस्तु कम गर्ने, व्यवसायको छवि सुधार गर्ने, गुणस्तर वृद्धि र निरन्तरता दिनेजस्ता रूपमा परिभाषित गरिएको छ ।

विकसित होस् वा विकासशील उत्पादकत्व अभिवृद्धि गर्नु नै विकासको मुख्य ध्येय रहेको हुन्छ । कुनै पनि देशको समग्र उत्पादकत्व स्थितिमा सुधार गर्न नसकेको अवस्थामा देशको आर्थिक विकास मन्द हुने वा बन्द हुने नै स्थितिमा पुग्छ । हाल मानवीय साधन र पूँजीगत साधनको सुधारतर्फ सबैको ध्यान गएको छ । कुल गुणस्तर व्यवस्थापन, गुणचक्र, फाइभ एस, मेशिनरी मर्मत तालिका, असल उत्पादन अभ्यास, स्वच्छत्तर उत्पादन, हरित उत्पादन, व्यवासयजन्य स्वास्थ्य र सुरक्षालगायतमा साधनहरूको अधिकतम प्रयोग गर्ने गरिन्छ । देशमा उत्पादकत्व संस्कृतिको विकास गर्नु अत्यन्त जरुरी हुन्छ । उत्पादकत्व वृद्धि अभियानले असल श्रम सम्बन्धको विकास एवम् कार्य जीवनको गुणस्तर कायम हुन सहयोग गर्छ । मेशिनरीमा सुधारका साथै मानव संसाधनको समुचित विकासबाट नै उत्पादकत्व वृद्धि गर्न सकिन्छ । उत्पादन, मुनाफाको दर, कुशलता, क्षमताको उपयोग, प्रभावकारिताजस्ता शब्द उत्पादकत्वसँग सम्बन्धित छन् । तर, यी शब्दको अर्थ उत्पादकत्व होइन । श्रमको उत्पादकत्व, मेशिनको उत्पादकत्व, कच्चा पदार्थको उत्पादकत्व, बजारीकरण शीपको उत्पादकत्व आदि सबैको योग नै समग्र उत्पादकत्व हो ।

एशियाली देशहरूमा उत्पादकत्व संस्कृति विकास गर्ने उद्देश्यले सन् १९६१ मा एशियाली उत्पादकत्व सङ्गठन (एपीओ)को स्थापना भएको थियो । उक्त सङ्गठनका संस्थापक ८ राष्ट्र नेपाल, चीन (ताइवान), गणतन्त्र कोरिया, जापान, भारत, पाकिस्तान, फिलिपिन्स र थाइल्याण्ड हुन् । एशियाली उत्पादकत्व सङ्गठनको मुख्य क्रियाकलापहरूमा उद्योग, सेवामूलक संस्था र कृषिक्षेत्रका लागि आधारभूत अनुसन्धान, अध्ययन, सर्वेक्षण, गोष्ठी, तालीम कार्यक्रमहरू, सभासम्मेलन, प्राविधिक विशेषज्ञ सेवा, अध्ययन अवलोकन भ्रमण, फेलोसिप, प्रकाशन, श्रव्य दृश्य सामग्री प्रकाशन आदि रहेका छन् । विशेष गरेर सामाजिक आर्थिक विकास, साना उद्योगहरूको विकास, जनशक्ति व्यवस्थापन, उत्पादकत्व मापन तथा विश्लेषण, गुणस्तर व्यवस्थापन, उत्पादकत्व तथा प्रविधि व्यवस्थापन, सूचनाप्रविधि, राष्ट्रिय उत्पादकत्व सङ्गठनको विकास, हरित उत्पादन, एकीकृत सामुदायिक विकास, कृषि तथा प्रविधिको विकास आदिमा एशियाली उत्पादकत्व सङ्गठन (एपीओ) क्रियाशील रहेको छ ।

प्रत्येक देशको उत्पादकत्वको केन्द्र विन्दुको रूपमा कुनै एक सरकारी स्वामित्वमा रहेको संस्थालाई राष्ट्रिय उत्पादकत्व सङ्गठन वा केन्द्रको रूपमा तोक्नुपर्ने एशियाली उत्पादकत्व सङ्गठनको व्यवस्थाबमोजिम नेपालमा राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड क्रियाशील छ । वित्तीय एवम् मानवीय स्रोतको व्यवस्थापन गर्न नसक्दा उक्त केन्द्रले अन्य देशका उत्पादकत्व संस्थाको जस्तो आशातीत काम गर्न नसकेको अवस्था छ । नेपालमा उत्पादकत्व संस्कृतिको विकास गर्न उचित संस्थागत प्रबन्ध र कार्याक्रम निर्माण तथा कार्यान्वयन गर्नुपर्छ ।

उत्पादकत्व वृद्धिका लागि जापानी व्यवस्थापनमा अपनाइएको फाइभ एस विधि सम्पूर्ण गुणस्तर व्यवस्थापन, गुणचक्र, काइनेजलगायत श्रमिक व्यवस्थापन परिषद् आदि उत्पादकत्व वृद्धिका महŒवपूर्ण तरीका हुन् । देशमा उत्पादकत्व वृद्धिको अभियान सञ्चालन गर्न जापान, मलेशिया, थाइल्याण्ड, सिङ्गापुर फिलिपिन्स, भारतलगायत देशका राष्ट्रिय उत्पादकत्व संस्थाको महŒवपूर्ण भूमिका रहेको अवस्था छ । नेपालको राष्ट्रिय उत्पादकत्व संस्था राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लि. गठन भएको भए पनि यसले नेपालमा उत्पादकत्व संस्कृति निर्माणमा खासै भूमिका खेलेको देखिँदैन । उत्पादकत्व संस्कृति उद्योग व्यवसायमा मात्र नभई पारिवारिक तह, सरकारी निकाय, संस्थान, गैरसरकारी संस्था, राजनीतिक दल, शिक्षण संस्था सबैमा विकास गर्दा देशको आर्थिक, सामाजिक, राजनीतिक दल, शिक्षण संस्था सबैमा गुणात्मक सुधार भई देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गुणात्मक सुधार आउँछ ।

उत्पादकत्व संस्कृतिको निर्माण गर्न उत्पादकत्वका विषयमा अध्ययन अनुसन्धान गर्ने, उत्पादकत्व परीक्षण र परामर्श दिने, तालीम कार्यशाला सञ्चालन गर्ने, गाउँगाउँसम्म जागरण ल्याउने, श्रव्यदृश्य र पाठ्यसामग्री तयार गर्नेजस्ता कामलाई व्यवस्थित बनाउनुपर्छ । नेपाल सरकारले तालीम एवम् प्रशिक्षणका माध्यमबाट उत्पादकत्व सहजकर्ता, उत्पादकत्व परीक्षक, गुणस्तर परीक्षक एवम् व्यवस्थापन परीक्षकहरू उत्पादन गर्नुपर्छ । उत्पादकत्व गुणस्तर एवम् व्यवस्थापन अडिटरहरूले व्यवसायका कमीकमजोरी पत्ता लगाई व्यवसायको लाभांश बढाउन सहयोग गर्छन् । नेपालको कतिपय निजीक्षेत्र उत्पादकत्व वृद्धि गरी उत्पादनका साधनलाई समानुपातिक वितरण एवम् सर्वसाधारण जनसमुदाय वा उपभोक्ताको हितप्रति लक्षित हुनपर्नेमा जायज वा नाजायज फाइदा लिन उद्यत भइरहेको अवस्था देखिएको हुँदा पनि उत्पादकत्वको चेतना अभिवृद्धि गर्न नेपालमा उत्पादकत्व संस्कृतिको प्रवद्र्धन गर्नुपर्छ ।  नेपालमा सरकारको विकास बजेट समयमा खर्च नहुने, उचित प्रतिफल प्राप्त नहुने अवस्था एवम् निजीक्षेत्रले समेत प्रतिस्पर्धामा उत्कृष्टता प्राप्त गर्न नसकेको अवस्थालाई दृष्टिगत गर्दा धेरै देशले गरिरहेको उत्पादकत्व अभिवृद्धि अभियान सञ्चालन गरी समृद्धिको पाइला अगाडि बढाउनेतर्पm अब सजग हुनुपर्ने समय आइसकेको छ ।  -(अभियान दैनिकबाट साभार)

लेखक राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक हुन् ।

Related News

Comments are closed