एक साताभित्र एसइई परीक्षाको नतिजा

180 Hits

भक्तपुर, ४ असार  ।

माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सबै उत्तर पुस्तिका सम्परीक्षण गरी विद्यार्थीको नम्बर चढाउने र रुजू गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“नतिजा प्रकाशनका लागि अन्तिम तयारीमा जुटेका छाँैं, कुनै प्राविधिक गडबढी भएन भने पाँच दिनभित्र नतिजा सार्वजनिक गछौँ ।” यसवर्षको परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । (रासस)

Loading...

Related News

श्राेत व्यक्तिलाई मावि शिक्षकमा फिर्ता गरिँदै

काठमाडौं , ३ फागुन – शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयमा रहने गरी स्रोत व्यक्तिको रूपमा काजमा ल्याइएका सबै माध्यमिक तहका…

स्ववियु चुनाव फागुन १४ मै हुनुपर्छ – रञ्जित तामाङ

धनकुटा, ९ पुस – अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले अागामी स्ववियु निर्वाचनमा सबै क्याम्पसमा जित हाँसिल गर्ने बताएका छन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी