अमेरिकी राष्ट्रपति र उत्तरकोरियाली राष्ट्रपतिको सिंगापुर मिलनलाई हेर्दा

84 Hits

– लालकृष्ण धमला-


अमेरिका भन्नेबित्तिकै विश्व संसारको दृष्टिले वर्तमानको कलिकालको भगवान् हो भन्ने सम्झना गर्छन् अथवा हाम्रो पौराणिक इतिहासमा व्याख्या भएको तारकासुर अथवा महिषासुर । तर जसले जेसुकै भने पनि अमेरिकाको नाम सुन्नेबित्तिकै राम्रो–नराम्रो पक्ष जे भए पनि विश्व संसार डरले थर्कमान हुन्छ । नडराउने पनि कसरी ? नडाएर इमानदार राष्ट्रपति बनेकै कारण इराकी राष्ट्रपति सद्दाम हुसेनको ज्यान गयो भने लिबियाका मोअम्मर गद्दाफी पनि जीवित रहन पाएनन्, अकालमा ज्यान गुमाउन बाध्य भए । शान्त अफगानिस्तान पनि लथालिंग र भताभुंग भयो । मानौँ कि वर्तमानको अमेरिकाको विरोध गर्नेहरू संसारका मै हुँ भन्ने कोही पनि सहजरूपले यो धर्तीमा बाँच्न पाउने छैनन् । वर्तमानका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जतिबेला अमेरिकामा राष्ट्रपतीय निर्वाचन लड्दै थिए, त्यतिबेला अमेरिकामा गरिएको परीक्षणले पनि उनका प्रतिस्पर्धी हिलारी क्लिन्टनभन्दा निकै पछाडि देखिन्थे ।

विश्व संसारभर हावा फैलिएको थियो कि डोनाल्ड ट्रम्पलाई भोट नै आउँदैन । किनकि हिलारी क्लिन्टन अमेरिकी जनता समक्ष लोकप्रिय छन् भने ट्रम्प घृणाका पात्र छन् । भनिन्थ्यो यो ट्रम्प बहुलाहाजस्तो छ, यसले जित्यो भने विश्वमा शान्ति हुन दिँदैन । बुस बाबु–छोराले गरेको अरू राष्ट्रमाथिको थिचोमिचो भन्दा हजारौँ गुनाबढी थिचोमिचो गरेर सम्पूर्ण विश्व थर्काउनेछ, हल्लाउनेछ, राजनीतिक भूकम्प ल्याउनेछ र सम्पूर्ण विश्वलाई नै अराजक बनाएर विश्व ध्वस्त पार्ने पात्र बन्नेछ, मानौँ कि यो बुस सत्ययुगको महिषासुर हो । मानौँ कि जगज्जननी देवीरूपी हिमाली क्लिन्टन चुनाव लड्दैछिन् अवश्य उनको विजय हुन्छ । त्यसरी विश्वभरि फैलिएको हावारूपी सन्देश जब अमेरिकाको निर्वाचन सम्पन्न भएर परिणाम आयो, विश्वको सोचाइ उल्टो बन्यो ।

देवीरूपी भनिएको क्लिन्टनले हार खानुप¥यो भने ट्रम्पले विजय हासिल गरे । जब डोनाल्ड ट्रम्प अमेरिकको राष्ट्रपति बने तब अमेरिकी पेलाईमा रहेका देशहरू डराए धर्कमान बने, उनीहरूले सम्झना गरे के यो बहुलाहा घमण्डी छ यसले जतिबेला जे पनि गर्छ । त्यतिमात्रै नभएर अमेरिकाभित्र नै उसका विपक्षी पार्टी त विरोधी थिए नै, हुने नै भए । ट्रम्पको आफ्नै पार्टीभित्रको अवरोधहरू निर्वाचित हुनेबित्तिकै ट्रम्पले खप्नुप¥यो । विभिन्न मुलुकबाट अमेरिका छिरेर कल, बल, छल त्यहाँका नागरिक बनेकाहरू पनि ट्रम्पले निकाल्ने हल्लाले भयभीत बने । अझै पनि त्यो ट्रम्परूपी हावा शान्त बनेको छैन । अर्कोतर्फ हेर्दा सोभियत संघको विखण्डनपछि अमेरिकाले आफ्नो दादागिरीमा बाधक बन्ने आफ्नो प्रमुख शत्रु मानेको उदयमान शक्ति चीनतर्फ नजर लगाउन थाल्यो ।

चीनलाई ह्वात्तै आक्रमण गर्न आँट नगरेको अमेरिकाले चीनसँग राम्रो सम्बन्ध राखेको उत्तर कोरियासँग चीनको विशेष सम्बन्ध छ, जसरी पनि उत्तर कोरियालाई भत्काउनुपर्छ भनेर निरन्तर लागिपरेको अमेरिकाले डोनाल्ड ट्रम्पको उदयले अवश्य इराकमा बुस प्रशासनले हानेझैँ ट्रम्पले आक्रमण हान्नेछन् र विश्व बर्बाद पार्नेछन् भन्ने हल्लालाई ट्रम्पले झुट्टा सावित गरिदिए ।

आणविक भट्टीहरू र हतियार निर्माण गरेर विश्व आतंक पार्ने खेलमा लागेको आरोप लगाउँदै आएको अमेरिकाले केही अगाडिसम्म उत्तर कोरियालाई सैन्य कारवाही गर्ने धम्की दिँदै आएको बेलामा एक्कासी ट्रम्पले उत्तर कोरियासँग वार्ता गर्ने सन्देश प्रवाह गर्दा अमेरिकाभित्रै पनि ट्रम्पको विरोध भयो । ट्रम्पले आफ्नै पार्टीबाट समेत विरोध खेप्नुप¥यो । अमेरिकामा उनलाई भन्थे कि उत्तर कोरियाली राष्ट्रपति जोङलाई टम्पले भेट गर्नै हुँदैन, भेट गर्नु भनेको झुकेको हुन्छ, उसलाई शैन्य कारवाही गरेर आफ्नो काबुमा राख्नुपर्छ । यसो भन्नेहरूले ट्रम्पलाई हैरान पारे, मानौँ ट्रम्प यो मामिलामा एक्लै परे । डरेनन् ट्रम्प डरेनन् कसैसँग डरेनन् । उत्तर कोरियाली राष्ट्रपतिलाई यसै हप्ता सिंगापुरमा भेटेर विश्वलाई एक ऐतिहासिक संदेश दिए कि वर्तमानका अमेरिकी राष्ट्रपति समयानुकूल शान्तिका अग्रदूत हुन् ।

उत्तर कोरियाली राष्ट्रपतिले पनि ट्रम्पसँग सिंगापुरमा भेटेर विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने काम गरे, जुन कुरा स्वागतयोग्य छ, विश्वले हृदयदेखि नै यी दुई नेतालाई स्वागत गर्नैपर्छ । सबैले आशीर्वाद दिनुपर्छ यी दुई नेता आफ्नो भिजनमा सफल होऊन्, विश्वले शान्ति पाओस् । जान्नुपर्छ कि अमेरिकी निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा धाँधली गरेर हिलारी क्लिन्टनलाई हराएर टम्पलाई जिताए भन्नेहरू विश्व शान्तिका विरोधीहरू हुन् ।

ट्रम्पले साराका सारा अवरोधको कुनै प्रवाह नगरीकन उत्तर कोरियाली राष्ट्रपतिलाई सिंगापुरमा भेटेर शान्तिको सन्देश प्रवाह गरेको कुरालाई स्वागत नगर्नु मूर्खताबाहेक अरू हुन सक्दैन । सायद ट्रम्पको सट्टामा हिलारी आएको भए उत्तर कोरियासँग वार्ता नगरेर शैन्य कारवाहीमा गएर सम्पूर्ण विश्व ध्वस्त हुन्थ्यो कि ? त्यसरी नै दिलैदेखि सम्झना गर्ने हो भने नेपालका राजा ज्ञानेन्द्रले २०६२÷६३ को आन्दोलन दबाउन खोजेका भए कत्रो नरसंहार हुन्थ्यो होला ? मुलुक कुन बाटोमा जान्थ्यो होला ? कति जनधनको क्षति हुन्थ्यो होला, अड्कल गर्न कठिन छ । दुर्भाग्य ती महान् राष्ट्रवादी म नेपालको सम्पदा विदेशीलाई जिम्मा लगाएर राजसंस्था जोगाएर राजा भइरहन चाहन्न भन्ने राजा ज्ञानेन्द्र उखेलिए ।

शान्तिका अग्रदूत बुद्धरूपी ज्ञानेन्द्र उखेलिएर नेपाल र नेपालीको भलाई कसरी होला ? नेपाली जनताले तत्काल सम्झना गर्नैपर्छ कि राजा ज्ञानेन्द्र स्थापित भएनन् भने नेपाल रहने छैन, हामी नेपाली रहने छैनौँ । सम्झना गरौँ डोनाल्ड ट्रम्प र किमजोङले सिंगापुरमा गरेको वार्ताले सफलता प्राप्त गरोस्, अनि नेपालका राजा ज्ञानेन्द्रले प्रवाह गर्न खोजेको शान्तिको सन्देशले सार्थकता पाएर सम्पूर्ण विश्व शान्त बनोस् भन्ने लेखकको चाहना रहिरहेको छ । कामना गरौँ आणविक होडबाजी समाप्त भएर विश्व शान्त बन्नेछ ।

Related News

हिन्दुले फेर्नुपर्ने मृत्यु संस्कार

-किरण विक- पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरा प्रकाशको आकस्मिक मृत्युपछि १३ दिने मृत्यु संस्कार र आफ्नो परिवारलाई पनि…

विज्ञकाे कुरा नसुन्ने समाज (सरकार) !

-उत्तम बाबु श्रेष्ठ- अहिलेकाे संसारमा काेहि पनि मान्छे लियाेनार्दाे दा भिन्ची भएर जन्मेका छैनन् जाे विहान माेनालिसाकाे तस्वीर काेर्दथे, दिउँसाे…

Comments are closed