‘नेपालको संगीत रोयल्टी अवधारणा एशियाली मुलुकमै उदारहणीय’

109 Hits

नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेल कस्तो होला? नेपाली प्रतिलिपि अभियन्तालाई आफूले बनाएको अवधारणा उचित लाग्छ नै। तर, विश्वका परिचित प्रतिलिपि अधिकार अभियन्ताले पनि नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेलको सह्राना गरेका छन्।

प्रतिलिपि अधिकारसम्बन्धी एशियास्तरीय प्रशिक्षणका लागि काठमाडौं आएका दक्षिण एशिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताले नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति नवीनतम् रहेको बताएका हुन्।

नेपाली रोयल्टी व्यवस्थापन संस्थाहरुले विकास गरेको संगीत रोयल्टीसम्बन्धी अवधारणाको वक्ताहरुले प्रशंसा गरेका छन्।

नर्वेको संगीत रोयल्टी संकलन संस्था नर्कोडले काठमाडौंमा आयोजना गरेको १० दिने प्रथम एशियास्तरीय प्रतिलिपि अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा वक्ताहरुले नेपालले विकास गरेको संगीतको रोयल्टी व्यवस्थापनसम्बन्धी अवधारणालाई विश्वकै नौलो र अनुकरणीय रहेको बताएका थिए।

१० वटा एशियाली मुलुकका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा आएकी फिनल्याण्डकी प्रतिलिपि अधिकार विज्ञ टारिया कोस्किनेन ओल्सनले एशियास्तरीय कार्यक्रमको शुरुवात नेपालबाटै भएकोमा आफू हर्षित भएको उल्लेख गरिन्।

‘संगीत रोयल्टीको व्यवस्थापनमा नेपालले शुरु गरेको संयुक्त लाइसेन्सिङ प्रणाली एशियाली मुलुकका लागि उदाहरण बनेको छ,’ उनले भनिन्।

आयोजक संस्थाकी प्रबन्ध निर्देशक इङ्गर डिरडालले पछिल्ला वर्षमा नेपालले बौद्धिक सम्पत्ति संरक्षणमा देखाएको अग्रसरता महत्वपूर्ण रहेको बताइन्।

विश्व संगीत उत्पादक संस्था (आएफपिआई) का एशिया निर्देशक केटी याङले पनि आफ्नो पछिल्लो भ्रमणको तुलनामा नेपाली प्रतिलिपि अधिकार आन्दोलनले निकै उचाई लिएको धारणा राखेका छन्।

याङले आगामी दिनमा पनि नेपाली संगीतको प्रवर्धन र संगीतकर्मीहरुको उत्थानका लागि संस्थाहरुसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

भारतका प्रतिलिपि अधिकार अभियन्ता रजत कक्करले नेपालले संगीत रोयल्टीका विषयमा हाशिल गरेका उपलब्धीलाई दक्षिण एशियाली मुलुकले अनुशरण गर्नुपर्ने बताएका छन्।

‘नेपाल र भारतबीच थुप्रै सांस्कृतिक समानता छन्,’ उनले भने, ‘नेपाली संगीतकर्मीको आर्थिक समुन्नतिका लागि मिलेर काम गर्न हामी तत्पर छौं।’

विश्वभरिका लेखकहरुको रोयल्टी संकलन गर्ने संस्था इफ्फ्रोका प्रतिनिधि पियर ओलिभरले चाँडै नै नेपालमा लेखक, पत्रकार तथा फोटोग्राफरहरुको पनि रोयल्टी संकलन संस्था स्थापना हुने संकेत गरे। उनले त्यसो गर्नसके देशको सांस्कृतिक उत्थान तथा सरोकारवालाहरुको पनि आर्थिक समुन्नतिको ग्यारेन्टी हुने विश्वास व्यक्त गरेका छन्।

प्रस्तोता समाज नेपालका सिइओ नारायण कडरियाले सरकारी निकाय तथा सरोकारवाला विभिन्न पक्षहरुबाट सकारात्मक सहयोग रहेकाले रोयल्टी व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति भए पनि आगामी दिनहरु उत्तिकै चुनौतिपूर्ण रहेको बताए।

नेपालका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति तथा सांस्कृतिक झाँकीको प्रदर्शन गर्दै प्रशिक्षण कार्यक्रम समापन गरिएको छ।

नेपालसँगै भारत, पाकिस्तान, चीन, भियतनाम, इण्डोनेशिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्डलगायतका देशबाट २० जना प्रतिनिधि कार्यक्रममा सहभागी भएका थिए। setopati

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी