अस्ट्रेलियामा विद्यार्थीका समस्या बढि

45 Hits

काठमाडौं, ३१ जेठ।

यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीको लागि आकर्षण बनेको छ।  पछिल्लो वर्ष आत्महत्याबाट सिड्नीमा मात्र दुई युवतीसहित ५ नेपालीले ज्यान गुमाइसकेका छन्। त्यति मात्र होइन मानसिक समस्याको चपेटामा परेर आधा दर्जन विद्यार्थी नेपाल फर्किएको उदाहरण छन्।

बाबु आमाले डाक्टर र ईन्जिनियर बनाउने उद्धेश्यका साथ उच्च अध्ययनका लागि लाखौं खर्चिएर अस्ट्रेलिया पठाएक़ा छोराछोरी मानसिक रोगी र आत्महत्याको शिकार बन्न पुग्नुमा दोष कसलाई दिने ? छोरा भन्दा पनि आफन्त र चिनजानबिना छोरी बिदेश पठाउने अभिभावकले धेरै कुरा विचार गर्नुपर्ने पछिल्ला केही घट्नाले पुस्टि गरेका छन्।  पढ्न आउने विद्यार्थीलाई लाग्ने खर्च, काम, कोठाको ब्यवस्थापनजस्ता विषयले अन्यौलता आउने हुन्छ।

एनआरएनले आफ्ना वेलफेयर फन्डमार्फत यहाँका नेपालीलाई समस्या पर्दा दुई हजार डलरसम्म प्रत्यक्ष सहयोग गर्दै आएको छ।

एनआरएनका उपाध्यक्ष नन्द गुरूङ विद्यार्थीले घरमा पैसा भए पनि बैंकको लोन लिनैपर्ने प्रावधान हटाइनु पर्ने, कम्तीमा एक वर्षको शैक्षिक शुल्क तिरेर मात्र आउन पाउने,  सम्वन्धित निकायले कल्याणकारी कोष खडा गर्नुपर्ने र अभिभावक तथा विद्यार्थीलाई ओरियन्टेसन कक्षापछि मात्र नो अब्जेक्सन लेटर दिइनुपर्ने जस्ता केही प्रावधान राज्यले तोकिए समस्याका केही हदसम्म समाधान हुने बताउँछन्।

 

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*