पर्यटक बढेसँगै राजश्व वृद्धि

141 Hits

चितवन ३०, जेठ ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएसँगै राजश्व पनि बढेको छ ।


निकुञ्जका सूचना अधिकारका अनुसार चालू आर्थिक वर्षको १० महिनामा एक लाख ३३ हजार १७१ पर्यटकले निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुमेका छन् । जसमध्ये तेस्रो मुलुकका पर्यटकको संख्या ८८ हजार ९३९, सार्क देशका १३ हजार ४०८ र नेपाली ३० हजार ८२४ रहेका छन् ।

यस अवधिमा रु २१ करोड ५० लाख ७१४ राजश्व संकलन भएको छ । गत आर्थिक वर्षभरिमा एक लाख ३९ हजार ९७८ पर्यटकले निकुञ्ज घुमेका थिए । जसमध्ये विदेशी ८८ हजार १९, सार्क मुलुकका १५ हजार ९०६ र नेपाली ३६ हजार ५३ रहेका थिए । गत आवमा रु २२ करोड ५१ लाख ६३ हजार ४०९ राजश्व संकलन भएको छ । भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी