बन्द गरियो बाजेको सेकुवा

87 Hits

काठमाडौं ३० जेठ ।
३८ क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा छापा मारेर शिलबन्दी गरेको छ ।

सुन तस्करीमा संलग्न भएको आरोपमा रेस्टुरेन्टका मालिक चेतन भण्डारी लाई फरार प्रतिवादी बनाएर सुन तस्करीमा जिल्ला अदालत, मोरङमा मुद्दा दायर भएको थियो । प्रहरीका अनुसार बाजेको सेकुवा नामबाट हाल १० वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । त्यसमध्ये ५ वटा भण्डारी र एउटा उनको सालो सञ्चालक रहेको गरी ६ वटामा छापा मारेर शिलबन्दी गरिएको समिति स्रोतले जनाएको छ । भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का भइसकेको छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*