एउटै पसलमा ३० करोडको सुन

73 Hits

काठमान्डौ ३०जेठ।

३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धान गर्न गठित समितिले राजेन्द्रकुमार शाक्य सञ्चालक रहेको आरके ज्वेलर्सले बैंकबाट खरिद गरेको सुनचाँदी तथा हिराको विवरणमाथि छानबिन थालेको छ ।


दरवारमार्गस्थित आरके डायमन्ड र न्युरोड र विशालबजारमा रहेका आरके ज्वेलर्समा छापा मार्दा ३० करोड रुपैयाँभन्दा बढीका सुनचाँदी, हिरालगायतका गहना तथा नगद १५ लाख भेटिएपछि छानबिन समितिले पछिल्लो १० वर्षयता बैंकबाट किनेको गहनाको विवरणमाथि छानबिन थालेको हो । समितिले बरामद गहना तथा नगद मोरङ जिल्ला अदालतमा पेश गर्ने छ ।

अर्कातिर देशको पुँजी पलायनलाई समेत तस्करीले बढवा दिएको छ । विशेषतः दसैं, तिहार, छठलगायत महत्वपूर्ण चाडपर्व तथा विवाहको सिजनमा सुन खपत वढि हुने गर्छ । यो समयमा कोटा प्रणालीमा हेरफेर गरी राष्ट्रबैंकले व्यवसायीको मागअनुसार सुन उपलब्ध गराउने हो भने तस्करी नियन्त्रणमा केही बल पुग्नसक्छ । दिपालवी र विवाह सिजनमा सुनको माग दैनिक ३० देखि ४० किलोसम्म हुने व्यवसायीहरूको दाबी छ ।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*