कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री बादलले दिए यस्तो निर्देशन

247 Hits

काठमाडौं, ३० जेठ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिंगलाई गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयमै बोलाएर विमानस्थलमा विद्युत सुचारु गर्न निर्देशन दिएका छन् ।
विमानस्थलमा विद्युत आपूर्ती नियमित नभएका कारण नै बढि तस्करी हुने गरेको तथ्यका आधारमा गृहमन्त्री थापाले त्यस्तो निर्देशन दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले चासो व्यक्त गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत् आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएका हुन् ।

नियमित विद्युत् आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात् विद्युत् कटौती हुँदा अध्यागमनलगायत स्थानमा अनधिकृत वा गैरकानूनी काम हुने भएकाले त्यसलाई नियन्त्रण गर्न समस्या पर्ने गृहमन्त्री थापाको भनाइ थियो ।

‘कुन स्थानमा कस्तो समस्या छ, त्यसको पहिचान गर्नुस्, कमसे कम अत्यावश्यक क्षेत्रमा नियमित र कुनै पनि समस्या आउँदासमेत विद्युत् कटौती नहुने प्रबन्ध गर्नुस् । आवश्यक परेको विषयमा सरकारले सहयोग गर्छ’, थापाले कार्यकारी निर्देशक घिसिङलाई भनेका थिए ।

विमानस्थलमा थोरैमात्रै विद्युत् अवरुद्ध हुँदापनि त्यसबाट ठूलो समस्या आउने भएकाले विशेष ध्यान दिन मन्त्री थापाले कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराए ।

कार्यकारी निर्देशक घिसिङले ‘भोल्टेज’ मा देखिने समस्याका कारण कहिलेकाहीँ सामान्य समस्या आउन सक्ने भएकाले त्यसलाई समाधान गर्न प्राधिकरण क्रियाशील रहेको बताएका थिए ।

विद्युत् चुहावट नियन्त्रणका लागि गृहमन्त्रालयलको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइदिन घिसिङले गृहमन्त्री थापालाई अनुरोध गरेका थिए ।

Loading...

Related News

मलाई साथ दिनुस् अपराधीलाई सिध्याईदिन्छु : गृहमन्त्री

काठमाडौँ, २९ असोज  । गृहमन्त्री रामबहादुर थापाले जनताकाे साथ भएमा अपराध र अपराधीहरूलाई सिध्याउन सकिने बताएका छन् । शान्ति र स्थायित्वका…

जव राजीनामा माग्नेले नै गरे प्रशंसा….

काठमाडौं, २१ असोज । जव कसैको राजीनामा माग्नेले नै प्रशंसा गर्न थाल्दछन् अनि कस्तो अनुभुति हुन्छ होला ? हो यस्तै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी