प्रधानन्यायाधीशका लागि दीपकराज जोशीको नाम सिफारिस

142 Hits

काठमाडौं, ३० जेठ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ । परिषद्को मंगलबार बसेको बैठकले भावी प्रधानन्यायाधीशका लागि जोशीको नाम सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको परिषद्को बैठकले एकमतले जोशीको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले बताए । उनका अनुसार वरिष्ठतम न्यायाधीशको आधारमा जोशीको नाम सिफारिस भएको हो ।

न्यायपरिषद्ले १३ चैतमा प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्च अदालतका तीन न्यायाधीश जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम संवैधानिक परिषद्मा पठाएको थियो । तर, संसदीय सुनुवाइ गठन हुन नसकेको भन्दै प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन ।

संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा प्रधानन्यायाधीश र न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ । सोही धाराको उपधारा ३ अनुसार सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीश पदमा नियुक्त हुन योग्य हुने स्पष्ट लेखिएको छ ।

सामान्यतः वरिष्ठतम न्यायाधीश नै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस हुने परम्परा छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्दा भने कानुन तथा संसदीय व्यवस्थामन्त्री सदस्य रहन्छन् । प्रधानन्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी